Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी हवलदार साहको आर्थिक चान्दा आतंक कायमै, सम्बन्धीत निकाय मुखदर्शक

275

बारा, २० फागुन / सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीमा तानिएका सशस्त्र प्रहरी हवलदार गगनदेव साहले आफ्नो आर्थिक चान्दा आतंक कायमै राखेको एक घटनाले उजागर पारेको छ । बिगतका दिनहरुमा सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट घुमुवा सरह र सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोबाट खटिएका सशस्त्र प्रहरी हवलदार साहले पुन ः बाराका तस्करहरुबाट रकम असुल गरेको घटना उजागर भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणको नाममा मात्रै नभई संगठनकै प्रमुख आईजीपि शैलेन्द्र खनालको नाममा समेत रकम उठाइरहेकै बेला समाचार उजागर हुनासाथ खनालकै निर्देशनमा २ नम्बर बाहिनी तानिएको थियो । तर सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी तानिएका सशस्त्र प्रहरी हवलदार गगनदेव साहले एक महिना भित्र २ पटक बिदाको नाममा आउने र बाराको सीमा नाकामा पुगी रकम उठाउने गरेको रहस्य बाहिरिएको हो । सीमा नाकामा पुगी ठूलै तस्करीको लाइन गराइ दिने भन्दै व्यपारीहरुलाई उक्साउने गरेको र रकम लिएर जाने गरेको बताइन्छ ।
बिहिवार बिहान करिब ११ बजेको समयमा बाराको मटीअर्वा नाकामा पुगी बन्द रहेको तस्करी लाइन खोलाई दिने भन्दै १० हजार रुपैया लिएर सशस्त्र प्रहरी हवलदार गगनदेव साह गएको एक श्रोतले जानकारी गराए । उहाका अनुसार मात्र तस्करीको लाइन खोलाई दिने भनेका छैन्न, संगठनको कुनैपनि निकायले अफ्यारो गरेको खण्डमा आफु जिम्मेवार हुने समेत ठोकुवा गरेको बताए । जसकारण तस्कर समुहहरुले बिश्वास गरी उनलाई १० हजार खर्च वापत दिएको श्रोतको दावी रहेको छ । मटीअर्वा नाकामा पुगेका सशस्त्र प्रहरी हवलदार गगनदेव साहले साना खुद्रा व्यापारीहरुको साइकल रोकी आफु अहिलेपनि बारामै कार्यरत रहेको भन्दै २ हजारदेखी ५ हजारसम्म रकम बुझेको प्रत्यक्षदर्शीले बताएका छन ।
यता सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले आफ्नो नाममा आर्थिक चलखेल गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने बताएका छन । सशस्त्र प्रहरी हवलदार गगनदेव साह संग आफ्नो कुनै किसिमको सहकार्य नरहेको बताउदै यस बिषयमा छानबिन गर्ने र दोषी पाइएको खण्डमा कारवाही समेत गरिने सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.