Ultimate magazine theme for WordPress.

सिर्सिया नदी प्रदुषण मुक्त अभियान आश्वासन मै सिमित

72

पर्सा, ११ बैशाख / पटक पटक चुनावी एजेन्डा बन्दै आएको सिर्सिया नदी प्रदुषण मुक्त बनाउने अभियान आश्वासन मै सिमित हुने गरेको पाइन्छ । स्थानीय निर्वाचनको समयमा पटक पटक चुनावी एजेन्डा बन्ने गरेको सिर्सिया नदी प्रदुषण मुक्त अभियान हालपनि आश्वासन मै सिमित हुने गरेको पाइएको हो ।
सिर्सिया नदीको जग्गा कब्जा गर्नुको साथै नदीमा अवैध तरिकाले उद्योगहरु फोहर पानीको बहावका कारण स्थानीयहरु आजित हुदै आएका छन । तर स्थानीय निर्वाचन भन्दा अगाडी ठुला ठुला भाषण गर्दै निर्वाचित भएका मेयर राजेशमान सिंह पनि सिर्सिया नदी प्रदुषण मुक्त गर्ने अभियान भाषण मै सिमित राख्ने गरेको स्थानीयहरुले आरोप लगाएका छन । निर्वाचित भएको दुई महिना भित्र सिर्सिया नदी प्रदुषण मुक्त गर्ने, सिर्सिया नदीलाई फोहर गर्ने उद्योगलाई कारवाही गर्ने लगायतका भाषण गरेर निर्वाचित भएका मेयर राजेशमान सिंह आजपनि सिर्सिया नदी प्रदुषण मुक्त गराउने भाषण गरेर स्थानीयहरुको पिडा संग खेल्ने काम गरेको स्थानीयले आरोप लगाएका छन ।
एक जना स्थानीयका अनुसार सिर्सिया नदी प्रदुषण मुक्त गराउने अभियान मात्र नेताहरुको बोलिमा सिमित रहेको बताए । एकातिर भाषणवाजीको स्टन्ट र अर्कोतर्फ उद्योगपतिको रकममा सिमित हुने गरेको नेताहरु, सिर्सिया नदी प्रदुषण मुक्त गराउनै नसक्ने दावी गरे । गर्मियामको समयमा सिर्सिया नदीको प्रदुषणले कोठामा बस्नै नसक्ने अवस्था श्रृजना हुन्छ, उनले भने । सिर्सियाको फोहर पानीले फैलाएको दुर्गन्धको बिषयमा पटक पटक वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई अवगत गराएपनि आश्वासन बाहेक केहि पाउन नसकेको दुखेसो उनले पोखे ।
सोमवार अपरान्ह वीरगंज महानगरपालिका भित्र बसेको उद्योगपति र मेयर बिचको बैठकमा बैशाख २४ गतेसम्म उद्योगीहरुलाई समय दिइएको र २५ गते पश्चात आफु कडा एक्सनमा उत्रिने भन्दै मेयर सिंहले चेतावनी समेत दिनु भयो । उनले स्पष्ट भने, चाहियो भने ४ दिनमा सिर्सिया नदीलाई प्रदुषण मुक्त गर्न सकिन्छ तर उद्योगी व्यपारीहरुको पिर मर्कालाई निहाल्दै हालसम्म केहि नगरेको र बैशाख २५ गतेपछि आफु कडा एक्सनमा उत्रिने चेतावनी समेत दिनुभयो । आश्वासनमा बसेका स्थानीयहरुले बैशाख २४ गते पछि स्वच्छ पानीको प्रत्याभुती गर्न सक्छन कि ? मेयर सिंहले स्टन्ट र भाषणवाजी मै सिमित हुने हुन, हेर्न बाकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.