Ultimate magazine theme for WordPress.

मिटर ब्याजीको नाममा बारा प्रहरीको लुटतन्त्र

800

बारा, १५ बैशाख / बारा प्रहरीले मिटर ब्याजीको नाममा लुटतन्त्र नै मचाएको घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहात रहेको मिटर ब्याजी शाखाले बिगत आठ महिनादेखी परेको मुद्दामा, कमिसनकै कारण हालसम्म फर्छौट हुन नसकेकोले लुटतन्त्र नै मचाएको घटना बाहिरिएको हो ।
करिब ८ महिना अगाडी कलैया उपमहानगरपालिका भित्र पर्ने धर्मनगर निवासी अशोक चौरसियाले मिटर ब्याजीको आरोप लगाउदै पाच जना माथि मुद्दा दायर गरेका थिए । मुद्दा दायर भए पश्चात जिल्ला प्रहरी कार्यालय बाराका मिटर व्याजी प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङले आरोप लगाइएका पाच जना व्यक्तिलाई खोजतलाश नै जारी गराउन लगाएका थिए । पाचै जना व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भई कुन किसिमले मिटर व्याजीको आरोप लगाइएको हो भन्ने प्रहरी निरीक्षक गुरुङलाई प्रश्ण नै तेर्साए । तर मिटर व्याजी प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङले मुद्दा गर्ने पिडित भनिएका व्यक्ति आइरहेको र बसेर कुराकानी गरी सम्झौता गर्ने दवाव नै दिन पुगे ।
प्रहरी निरीक्षक जस्तो पदमा बसेका सुरक्षाकर्मीको कुरा सुनेर पाच जनै व्यक्ति चकित हुदै भने सर आफुहरु माथि मिटर व्याजीको मुद्दा दिने व्यक्ति एकै जना रहेको र त्यो कुनै किसिमको मिटर व्याजी नरहेको भन्दै दुखेसो पोखे । तर प्रहरी निरीक्षक गुरुङ कुरै नसुनेर जिल्ला प्रशासन कार्यालय मै प्रतिक्षा गर्नुस मुद्दा दिने व्यक्ति आउदैछ त्यसपछि कुरा गरौला भन्दै दिनभरी बसाउन बाध्य बनाए । प्रति दिन आरोप लागेका पाच जनालाई नै बोलाउने कार्य हुन्थयो तर मिटर व्याजीको मुद्दा दिने अशोक चौरसिया आफै अनुपस्थित हुने गर्दथे । गर्दा गर्दै चार दिनसम्म बोलाइयो तर मिटर व्याजीको मुद्दा दिने व्यक्ति नै आउन मानेका थिएन्न ।
अन्तः आरोप लागेका व्यक्तिहरु मिटर व्याजीका प्रमुख प्रहरी निरीक्षक संग भने, सर मुद्दा दिने व्यक्तिलाई बोलाई दिनुस र सरकारले तोकेको व्याजकै अनुसार आफ्नो रकम फिर्ता दिन लगाउनुस । ऋणीहरुको कुरा सुनेर प्रहरी निरीक्षक गुरुङले मिटर व्याजीको मुद्दा दिने व्यक्ति संग कुरा गरेपनि आउन नमानेपछि मौन धारण नै गरे । यहा उल्टो ऋण दिने व्यक्ति नै पिडित रहेको जानकारी हुदा हुदै ऋणीको पैसा फिर्ता गराउन सकेन्न । जसका कारण ऋण दिएको करिब ३५ लाख हालसम्म पाउन नसकिएको पिडितले बताए ।
जिल्ला प्रहरी कार्यालय बारामा करिब आठ महिनादेखी धाइरहेपनि बारा प्रहरीले उल्टै ढाकछोप गर्दै ऋण दिएको पैसा पचाउन दाउमा लागिपरेको पिडितले आरोप लगाएका छन । उनका अनुसार पाच जनाले दिएको ऋणको ३५ लाख रुपैया मध्ये केहि रकमको बार्गेनिङ भएकै कारण बारा प्रहरीले ढाकछोप गर्दै आठ महिनादेखी जिल्ला धाउन बाध्य गरेको आरोप लगाए ।
यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्योपानेले प्रहरीको पहिलो प्राथमिक्ता व्याज लिएको मध्ये पिडितहरुको पक्षमा हेर्ने र त्यसपछि अर्को पक्षबाट हेर्ने गरेको बताए । यहा उल्टै ऋण दिने व्यक्ति नै पिडित रहेको प्रश्ण गर्दा, ऋण दिने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा पठाउनु त्यसपछि हेर्छौ भन्दै पन्छिन खोजे ।

Leave A Reply

Your email address will not be published.