Ultimate magazine theme for WordPress.

नेपाली नक्कली नोटको बिगबिगी, ३ लाख सहित महतो पक्राउ

91

उमेश दुबे
बारा, १९ फागुन / नेपाली नक्कली नोटको बिगबिगी बढ्दै गएको एक घटनाले प्रमाणित गरेको छ । सशस्त्र प्रहरीले बिहिवार नेपाली नक्कली नोट सहित एक युवकलाई पक्राउ गर्नसाथ नक्कली नोटको बिगबिगी बढेको बारे प्रमाणित भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी र बोर्डर आउट पोष्ट गोलागंजबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपाली नक्कली नोट सहित एक जना युवकलाई पक्राउ गर्नसाथ यस्तो रहस्य बाहिरिएको छ । सिम्रौणगढ नगरपालिका वडा नम्बर ६ अमरपुर सीमा इलाकाबाट एक जना युवकलाई ३ लाख १ हजार नक्कली नेपाली नोट सहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोली र बोर्डर आउट पोष्ट गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक सिंहबिर मल्लको कमाण्डमा खटिएको संयुक्त टोलीले नेपाली नक्कली नोट सहित एक जना युवकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
नेपाली नक्कली नोट सहित धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ दिगम्बरपुर निवासी १९ बर्षिय बिरेन्द्र महतोलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । लु ७८ प २३९७ नम्बरको मोटरसाइकलमा सवार रहेको महतोलाई बिशेष सुचनाको अधारमा खानतलासी गर्दा ३ लाख १ हजार नेपाली नक्कली रकम बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बरामद भएको रकम सहित महतो र मोटरसाइकललाई अवाश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय सिम्रौणगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.