Ultimate magazine theme for WordPress.

बारामा सशस्त्र प्रहरीको ग्रिन सिग्नल

360

बारा, ८ बैशाख / बिगत लामो समयदेखि बारामा बन्द रहेको तस्करीको लाइन सुचारु गर्न सशस्त्र प्रहरीले ग्रिन सिग्नल दिएको पाइन्छ । बारा जिल्लाको कवहीगोठ र सिम्रौणगढ नाका हुदै तस्करीको लाइन सुचारु गर्न सशस्त्र प्रहरी बल नेपालले ग्रिन सिग्नल दिएको पाइएको हो ।
बारा जिल्लाको सीमा नाकाहरुबाट हुदै आएको हुन्डी कारोवारका साथै लागु औषधको कारोवारलाई समेत चुनौती दिदै जनपथ प्रहरीले काम कारवाही अगाडी बढाए पश्चात सशस्त्र प्रहरीको आर्थिक मोहमा पानी हालिएको झै भएको छ । बिगत दुई हप्तादेखि बन्द रहेको तस्करीको लाइन सुचारु गर्न बिभिन्न प्रोपकाण्ड फैलाउने र भित्रभित्रै तस्करीको लाइन सुचारु गर्न पहल गरिन थालिएको बारे उजागर भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिंहकै नीुति निर्देशन अनुसार तस्करीको लाइन सुचारु बारे दवाब आउन थालिएको एक प्रहरीले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा बताएका छन । उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाराका तत्कालीन प्रमुख सुरेश प्रसाद काफ्लेको सरुवा भए पश्चात तस्करीको कार्य बन्द गरिएको थियो तर बन्द रहेको तस्करीको लाइन सुचारु गर्न दवाब नै आउन थालिएको बताए । सीमा नाकामा समेत जनपथ प्रहरीले निगरानी बढाएको छ, हालको समयमा तस्करीको लाइन दिनु भनेको कारवाही खानु हो भन्दै एक जना साना दर्जाका प्रहरीले बताए ।
कवहीगोठ नाका हुदै कुख्यात तस्करहरु सलबलाउन थालेका छन । नुनदेखि सुनसम्मको तस्करी हुने गरेको नाकाबाट कपडा र प्याज तस्करीको लागि दवाब आउनु भनेको ठुलै चलखेल रहेको बारे प्रष्ट पार्छ । बारा जिल्लाको नामुद नाका अर्थात बदनाम नाकाको रुपमा रहेको मटीअर्वा, छतवा, बरैनियाबाट तस्करीको कार्य रोकी आमवा, कवहीगोठ, पिपरपाति, सिम्रौणगढ र कचोर्वा नाका हुदै तस्करीको लाइन दिने मन्सायले दवाब दिने गरिएको बुझिन्छ ।
ठुला वडा तस्करहरुका मुख्य नाइकेहरु हाल सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण र जिल्ला प्रहरी कार्यालय बारामा धाइरहेको बारे एक उच्च अवधाका कर्मचारी नै बताउछन । तस्करहरुका लागि कवहीगोठ र सिम्रौणगढ नाका सहज र सुविधा सम्पन्न भएको कारण पनि उक्त ठाउहरुबाट तस्करीको लाइन सुचारु गर्ने दाउमा लागेको बताइन्छ । कवहीगोठको नाका प्रयोग गर्दै निजगढ, बरियारपुर, भवानीपुर लगायतको ठाउहरुमा सहजै तस्करीका मालसमानहरु पुरयाउन सक्ने भएकोले तस्करीको लाइन खुल्ला गर्न दवाब आउन थालिएको हुन सक्ने अनुमान गर्न थालिएको छ ।
सशस्त्र प्रहरीका केहि कर्मचारी आर्थिक मोहका कारण संगठन बदनाम हुने गरेको पाइन्छ । सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले तस्करी कार्य बिरुद्ध ठाडो निर्देशन दिदै कारवाही गर्ने चेतावनी समेत दिइरहेकै बेलाबखत तस्करीको सेन्डिकेट मिलाउन केहि कर्मचारीहरु नै आतुर भएको देखा पर्न थालेका छन । तसर्थ ः यस बिषयमा माथिल्लो निकाय संगै सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.