Ultimate magazine theme for WordPress.

मेयर रूस्तम अन्सारीको भ्रष्टाचार छताछुल्ल, प्रशासकीय अधिकृत गायब

45

बारा, १९ भदौ / बाराको फेटा गाउपालिकाका अध्यक्ष रूस्तम अन्सारीले गरेको भ्रष्टाचार छताछुल्ल हुनसाथ प्रशासकीय अधिकृत सम्पर्क बिहिन नै भएका छन । नेपाललाइ कृषी प्रधान देश मानिए पनि कृषि समाग्रीमा भएको भ्रष्टाचारको छताछुल्ल हुनसाथ फेटा गाउपालिकाका प्रशासकीय अधिकृत गौरी सन्कर सिंह सम्पर्क बिहिन नै भएका हुन । फेटा गाउपालिकामा बढ्दै गएको भ्रष्टाचार बारे कृष्कलाइ बाडने औषधीमा चरम लापरबाहीका साथै भ्रष्टाचार भएको छताछुल्ल भएको पाइन्छ । सोमवार फेटा गाउपालिका वडा नम्बर ३ का कृष्कलाइ म्याद नाघेको औषधी बितरण गरिएको पाइएको हो । कृषी प्रधान देश भनिएपनि कृषि क्षेत्रमा नै बढि भ्रष्टाचार हुने गरेको बारे यो दृश्यले प्रमानित गरेको छ । शिक्षा, स्वास्थय, सडक, नाला लगायतमा बढी रकम खर्चिन भनिएको पालिका मध्ये फेटा गाउपालिका पनि एक रहेको छ । तर शिक्षा, स्वास्थय, सडक, नाला लगायतको काममा समेत भ्रष्टाचार नभइ कृषी क्षेत्रमा समेत भ्रष्टाचार भएको प्रमाण नै फेला परेको छ । आफ्नो हैकमवादी तरिकाले चलाउदै आएको पालिकाबाट जनता रूस्ट हुदै गएको स्थानीय फेटावासी नै बताउछन । स्थानीयका अनुसार युवा नेता भएकै कारण स्थानीय तहको निर्वाचनमा आफुहरू निर्वाचित गरायौ, तर भिजन नै नभएको नेतालाइ निर्वाचित गराउदा जनता नै मारमा परेको बताएका छन । बिधुतीय पोलमा भएको भ्रष्टाचारको बिषयमा अख्तियार दुरूपयोग अनुसन्धानले काम कारवाहि गरिरहेकै बेला कृषि समाग्री अर्थात म्याद नै नाघेको औषधी वितरण गरिदा ठुलै रकमको चलखेल हुने गरेको प्रस्टयाउछ, उनले बताए । यता फेटा गाउपालिकाका अध्यक्ष आफ्नो मनोमानी तरिकाले काम गर्दै आएको बारे उपाध्यक्ष निलम साहले मिडिया अगाडी मुख खोलेकि छन । गाउपालिकाका अध्यक्ष रूस्तम अन्सारीले आफुलाइ बेवास्ता गर्दै कुनै काम समेत गर्न नदिएको आरोप उपाध्यक्ष साहले बताइन । उनका अनुसार पालिकाको कुनै पदमै नरहेका ब्यक्तिले सवारी साधन प्रयोग गर्ने गरेको समेत बताइन । अध्यक्ष रूस्तम अन्सारीको पिए बताउने मनोज भनिनेले सरकारी सवारी साधन प्रयोग गर्ने गरेको तर आफुलाइ सवारी साधन समेत प्रयोग गर्न नदिएको कारण कतिपय ठाउमा पुग्न समेत नसकेको स्विकार गरिन ।

Leave A Reply

Your email address will not be published.