Ultimate magazine theme for WordPress.

राष्ट्रिय चिकित्सक दिवसको अवसरमा रक्तदान कार्यक्रम

75

दिपक चौरसिया
पर्सा २० फागुन । राष्ट्रिय चिकित्सक दिवसको अवसरमा नेपाल चिकित्सक संघ नारायणी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघकै सभाहलमा आयोजित कार्यक्रममा १ महिलासहित २३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार कार्यक्रममा प्रतिभा कार्की, डा. निजर कुमार सिँह, डा.उदय नारायण सिंह , डा.दिपक चौरसिया ,डा. हरिचन्द्र यादव, डा. चिरञ्जीवी चौरसिया, डा. मनबोध कुमार साह, डा. रबीन्द्र चौरसिया, महमद कैश हुसेन, शेखर चौधरी लगायतले रक्तदान गरेका छन् ।

रक्त संचार केन्द्र वीरगञ्जमा रगत अभाव रहेको र रगत नहुँदा बिरामीलाई समस्या आउन थालेको जानकारी आएपछि आफुहरुले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष अरूण कुमार सिंहले बताए । कार्यक्रममा ब्लड बैंक वीरगञ्जले प्राविधिक सहयोग गरेको थियो ।

संघकाे नारायणी शाखाका पुर्व सचिव श्यामसुन्दर दासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष अरूण कुमार सिंह विशिष्ट अतिथि डा. गाेपाल प्रसाद गजुरेल, डा. अमर नाथ ठाकुर , डा. अरूण कुमार झा , डा.रामअवतार प्रसाद खेतान , डा.रणबिर सिंह , डा.रवीन्द्र प्रसाद सिंह, डा. सुशील चाैधरी, ब्लड बैंक वीरगञ्ज प्रमुख शौरभराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.