Ultimate magazine theme for WordPress.

१ महिला सहित २९ जना पुरुषले गरे रक्तदान

60

बारा, ११ मंसिर / श्री गढीमाई साझेदारी वन व्यवस्थापन समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित उन्नतीस जना पुरुषले रक्तदान गरेका छन । फेटा गाउपालिका वडा नम्बर १ त्रिवेणी स्थित खैराती माई मन्दिरको प्रांगनमा सम्पन्न भएको रक्तदान कार्यक्रममा एक महिला सहित उन्नतीस जना पुरुषले रक्तदान गरेका हुन ।
डिभिजन वन कार्यालय सिमरा बाराको समन्वय तथा न्यू होप फाउन्डेशन नेपालको सहकार्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा श्री गढीमाई साझेदारी वन व्यवस्थापन समितिका सदस्य समेत रहेकी तारा कुमारी रामले रक्तदानमा सहभागी जनाएकी छन । कार्यक्रममा साहस नेपाल बाराका अध्यक्ष तथा कार्यक्रम संचालक राजेश प्रसाद कुश्वाहा, न्यू फ्रेन्डस क्लब बाराका अध्यक्ष लुकमान खान, प्रदिप कुश्वाहा, बिष्णु राम, जितेन्द्र साह लगायत उन्नतीस जना पुरुषले रक्तदान गरेका थिए ।
सो अवसरमा फेटा गाउपालिकाका युवा समाजसेवी उमेश दुबेले रक्तदान कार्यक्रमको आयोजक लगायत कार्यक्रममा सहयोग पुरयाउने सम्पूर्ण संस्थालाई धन्यवाद दिदै प्रशंसा गरेका थिए । उहाले रक्तको अभाव भएको बेला रक्तदानको कार्यक्रम संचालन गरेका आयोजक लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिदै उत्तरोतर प्रगतिको कामना समेत व्यक्त गरेका थिए ।
श्री गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रामएकवाल प्रसाद तेलीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको प्रमुख अतिथि फेटा गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिगन दास रहेका थिए ।

Leave A Reply

Your email address will not be published.