Ultimate magazine theme for WordPress.

एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा पर्सा प्रहरी

181

उमेश दुबे
पर्सा, १३ मंसिर / नेपाल र भारतको सीमावर्ती शहर वीरगंजको मुख्य नाका हुदै नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा खुल्याम तस्करी धन्दा मौलाउदै गएको छ । वीरगंज भन्सारको सीमावर्ती क्षेत्र लगायत सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी र शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीकै मिलोमतोमा खुल्याम तस्करी धन्दा मौलाउदै गएको हो ।
बोर्डर आउट पोष्ट वीरगंज भन्सार र प्रहरी चौकी इनर्वाको मिलोमतोमा दर्जनौ तस्करहरु मुल सडकबाटै तस्करी धन्दालाई तिब्रता दिन थालिएको केहि भिडियो क्लिपले प्रष्ट पारेको छ । इमान्दारीताको खोल ओढी आफ्नो कार्य गरिरहेका प्रहरीहरु केहि रकमको प्रलोभनमा परे पश्चात तस्करहरुको लर्को नै लाग्ने गरेको भिडियो क्लिपबाट प्रमाणित समेत भएको छ ।
वीरगंज भन्सार सुनको अन्डा दिने स्थानको रुपमा मानिएकै कारण पावर लगाउदै प्रहरीहरु वीरगंज भन्सार क्षेत्रमा पुग्ने गर्दछन । वीरगंज भन्सार क्षेत्रको जिम्मेवारी पाए लगतै ठुला वडा तस्करहरुलाई तस्करीको लाइन नै दिने गरेको घटना बारम्बार दोहोरिएपनि जिल्ला प्रहरी प्रमुख लगायत प्रदेश प्रहरी प्रमुख समेत मौन धारण गर्ने गर्दछन । त्यति मात्र नभई प्रहरी संगठनका प्रमुखहरु समेत मौन धारण गरेकै कारण सीमामा खटिने प्रहरीहरु सीमा नाकालाई कमाई खाने अड्डाको रुपमा प्रयोग गर्न थालिएको सहजै अनुमान गरिन थालिएको छ । यस बिषयमा सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.