Ultimate magazine theme for WordPress.

पर्सा जिल्लामा सशस्त्र प्रहरीको ग्रिन सिग्नल, भन्सार अगाडीबाटै दर्जनौ तस्करहरु तस्करी गर्न सकृय

1,234

उमेश दुबे
पर्सा, १४ मंसिर / पर्सा जिल्लाको मात्रै नभई मुलुकको आर्थिक नगरीको रुपमा चिनिने वीरगंज भन्सार अगाडीबाटै दर्जनौ तस्करहरुका समुहहरुले तस्करी गर्न सकृय रहेका छन । बिगत केहि महिनादेखि बन्द रहेको तस्करीको लाइन सशस्त्र प्रहरीको ग्रिन सिग्नल पाए लगतै वीरगंज भन्सारको मुल गेट अगाडीबाटै तस्करी कार्य गर्न सकृय रहेका हुन ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंज मात्र नभई सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले समेत ग्रिन सिग्नल दिए पश्चात मुल गेट अगाडीबाटै तस्करीको लाइन खुल्ला भएको प्रहरी श्रोत नै बताउछन । बोर्डर आउट पोष्ट वीरगंजको अगाडीबाटै दर्जनौ तस्करहरुले लाइन पाएको श्रोत बताउछन । उनका अनुसार वीरगंज भन्सार अगाडीबाट भोला, मुख्तार, नौरोज, ताबारक, अकाश लगायत दर्जनौ तस्करहरु तस्करी गर्न सकृय रहेको बताए ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्यले समेत ग्रिन सिग्नल दिए पश्चात तस्करीको लाइन खुल्ला गरिएको बताए । सशस्त्र प्रहरी श्रोतका अनुसार बिगत केहि महिना तस्करीको काम रोक्न निर्देशन दिएकै कारण तस्करी धन्दा बन्द रहेको तर उनकै निर्देशनले टेम्पु सेटिङको आधारमा पुनः तस्करी धन्दा मौलाउदै गएको, उनले बताए । बोर्डर आउट पोष्ट वीरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहकै माध्यमले सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्यको मासिक रकम उठ्ने गरेको, उनले दावी गरे ।
सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालको विश्वासिला पात्रको रुपमा सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहलाई मानिने गरिन्छ । जसको फुर्ती देखाउदै भन्सार अगाडीबाटै खुल्याम तरिकाले तस्करीको लाइन दिइएको हुन सक्ने अनुमान गरिन थालिएको छ । प्रति दिन ५५ देखि ६५ वटा टेम्पुको माध्यमले अवैध तरिकाले कपडा नेपाल भित्रयाउने क्रम जारी रहेपनि रकममा लिप्त रहेको सशस्त्र प्रहरी मुकदर्शक नै बन्न बाध्य बनेका छन ।
आर्थिक प्रलोभनमा परी तस्करी धन्दालाई प्राथमिक्तामा राख्दै अवैध काम गराउने सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह र सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य माथि संगठनका प्रमुख आईजीपि राजु अर्यालको ध्यान पुग्ने हो कि होइन, हेर्न बाकी नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.