Ultimate magazine theme for WordPress.

कृषि बिकास बैंक ग्राहक ठग्दै

167

बारा, १४ मंसिर / नेपाल सरकारको स्वामित्वमा रहेको कृषि बिकास बैंकले ग्राहकलाई नै ठग्ने गरेको प्रमाण फेला परेको छ । कृषि बिकास बैंक बरियारपुर शाखाले कर्जा लिई हालसम्म कर्जा नबुझाई भाखा नाघी लेखिए बमोजिम अनुसारको पत्रमा उल्लेख नभएको पाइएको हो ।
कृषि बिकास बैंकले मंसिर ९ गते प्रकाशित गरेको नमावलीमा अधिकांश नमावली भएका ग्राहकले ऋण चुक्ता गरेपनि बैंकले नमावली प्रकाशित गरि चरित्र हत्या गर्न खोजेको आरोप ग्राहकहरुको रहेको छ । उक्त नामावलिमा ग्राहकहरुले तिर्नुपर्ने ब्याज भन्दा तेब्बर रकम उल्लेख गरी प्रकाशन गरेकोमा महागढीमाई नगरपालिका वडा नं २ बस्ने दिनेश प्रसाद जयस्वारले सोमबार बैंकमा पुगि नै गुनासो गरेका छन् ।
दिनेश प्रसाद जयस्वारका अनुसार आफुले कृषि बिकास बैंकबाट घरायसी कर्जा बापत नौ लाख लिएको बताएका छन् । त्यसको ब्याज स्वरुप कृषि बिकास बैंक बरियारपुर शाखाले कात्तिक १९ गतेको मितिमा ब्याज भुक्तानी गर्ने पत्र पठाएको थियो । उक्त पत्र आफुले कार्तिक ३० गते पाएसंगै मंसिर १ गते बैंकमा नै पुगि ब्याजको रकम ३८ हजार छव सय ३७ रुपैया ४४ पैसा मध्ये ३० हजार जम्मा गरेको भौचर आफुसंग रहेको बताए । साथै ३० हजार जम्मा गरी सकेपछि पत्रपत्रिकामा तपाईको नाम सार्वजनिक नहुने भनि बैंकको म्यानेजर विश्वनाथ अधिकारीले मौखिक जानकारी नै गराएको उनले बताए ।
कृषि बिकास बैंक बरियारपुर शाखाको म्यानेजर अधिकारीको मौखिक जानकारीमा आफु फर्केपनि बैंकले मंसिर ९ गतेको पत्रिकामा आफ्नो नाममा ४४ हजार आठ सय १० रुपैया २२ पैसा ब्याजको पैसा नबुझाएको प्रकाशन गरेको जयस्वारले बताए । उक्त पत्रिकाको हार्डकोपि लिएर म्यानेजर अधिकारी समक्ष पुग्दा तपाईले असोजसम्मको सम्पुर्ण ब्याज नबुझाएकोले र तपाईले तिर्नुपर्ने रकम भुलबस ४४ हजार आठ सय १० रुपैया १२ पैसा प्रकाशन भएको स्विकार गरेका छन् । साथै तपाईको कार्तिक मसान्तसम्मको रु १५ हजार पाच सय मात्र रहेको भन्दै मैले लिएर गएको पत्रिकामा आफैले मेरो नाम केरमेट गरेका छन्, उनले बताए । मेरो भुलबस तपाईको नाम पत्रपत्रिका प्रकाशन भएपनि तपाईले पत्रिकाको खर्च बापत रु तिन हजार पछि भएपनि तिर्नुपर्ने दवाब नै दिइएको पिडितको आरोप छ ् ।
कृषि बिकास बैंक बरियारपुर शाखाका म्यानेजर विश्वनाथ अधिकारीले आफुलाई पत्र पत्रिकाको नाममा ३ हजार नदिए जुनसुकै निकायमा गएपनि केहि फरक नपर्ने भन्दै सजिलै धम्काएकाइएको आरोप पिडित दिनेश प्रसाद जैस्वारले दुखेसो पोखे । म्यानेजरको धम्कीपुर्ण भाषाले आजित भएका पिडित जैस्वारले बाराबाट प्रकाशित शुभ आरम्भ राष्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेय समक्ष फोन गरी दुखेसो पोखेका थिए ।
बैंकको ठगि धन्दाको बिषयमा समाचार संकलन गर्न शुभ आरम्भ राष्ट्रिय दैनिकको टिम घटना स्थल अर्थात कृषि बिकास बैंक बरियारपुर शाखामै पुगेका थिए । समाचार संकलन गर्न पुगेका पत्रकारहरुको टोली समक्ष बैंकका म्यानेजर अधिकारीले आफुबाट गल्ती भएको स्वीकार गर्दै पत्रिकाको नामबाट लिने पैसा ऋणी संग नलिने भन्दै मौखिकको रुपमा सहमति गरेका थिए । यस बिषयमा केन्द्रिय कार्यालय लगायत सम्बन्धीत निकायको ध्यान पुग्न अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.