Ultimate magazine theme for WordPress.

देश कंगाल बन्दै, सशस्त्र प्रहरी मालामाल बन्दै

1,757

पर्सा, १६ मंसिर / मुलुककै आर्थिक नगरी वीरगंज भन्सार कार्यालय अगाडीबाटै तस्करीको लाइन खुल्ला हुदा देशकै आर्थिक संकटमा पर्न थालिएको अनुमान स्थानीयहरुले गर्न थालेका छन । सीमा सुरक्षाको साथ साथै राजस्व नियन्त्रणको समेत जिम्मा पाएका सशस्त्र प्रहरीले आर्थिक प्रलोभनमा पर्न थालेकै कारण देशको अर्थतन्त्र नै संकटमा पर्न थालिएको सीमा वारीपारीका स्थानीयहरुले गुनासो गर्न थालिएका हुन ।
सीमा सुरक्षा, राजस्व नियन्त्रणका साथै शान्ति सुरक्षाको समेत जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल हालका दिनहरुमा न त सीमा सुरक्षामै ध्यान दिएका छन, न त राजस्व नियन्त्रणमै, न त शान्ति सुरक्षामै, कारण हो सशस्त्र प्रहरीमा बढ्दै गएको आर्थिक मोह । जसका कारण नेपाल र भारतको सीमा मिच्दै गइएको छ भने दिनानुदिन तस्करहरुको बढोत्तरी भएपनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकिएको छैन, त्यसले स्पष्ट बुझन सकिन्छ की सशस्त्र प्रहरीको आर्थिक मोहका कारण सीमा लगायत देशकै आर्थिक संकटमा हुन पुगेको छ । जसको जल्दो बल्दो उदाहारण हो, वीरगंज भन्सार अगाडी र इनर्वा गाउ हुदै भइरहेको तस्करी कार्य ।
नेपाल र भारतको सीमा सुरक्षा लगायत राजस्व नियन्त्रणको निम्ति वीरगंज भन्सार भित्रै बोर्डर आउट पोष्ट वीरगंजको स्थापना भएको छ । सशस्त्र प्रहरी बल नेपाल संगठनको नीति निर्देशन अनुसार सीमा सुरक्षा, राजस्व चुहावट हुन नदिन, शान्ति सुरक्षामा अहम भुमिका खेल्नु पर्ने लगायत जिम्मेवारी बहन गर्न निर्देशन दिएको भएतापनि संगठनकै नीति निर्देशनलाई लत्याउदै बोर्डर आउट पोष्ट वीरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले सीमा नाकालाई कमाई खाने थल्लोको रुपमा प्रयोग गर्न थालेका छन । सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह संगठनमै बदनामको रुपमा चिनिएपनि संगठनको उच्च अवधाका कर्मचारीको छत्रछायामा बसेकै कारण केही नहुने हुर्की देखाउदै अवैध धन्दालाई झन उचाईमा पुरयाउने काम गरेको हालको तस्करी धन्दाले प्रष्ट पारेको छ ।
सशस्त्र प्रहरीको गोरखधन्दा बारे केही मिडियामा समाचार सम्प्रेषण हुनसाथ आईजीपि राजु अर्याल आफ्नो फेबरमा रहेको कारण केही हुन नसक्ने दावी गर्दै झन ४ जना ठुला तस्करहरुलाई लाइन नै दिएको बताइन्छ । बिगत लामो समयदेखी पर्साको इनर्वा गाउ हुदै बन्द रहेको तस्करी धन्दा पुनः सुरु भएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले संगठनकै आदेशलाई लत्याउदै अवैध धन्दा सुचारु गर्नुले संगठनको उच्च औधासम्म तस्करीको भागबन्डा पुगिसकेको अनुमान गर्न थालिएको छ । सशस्त्र प्रहरी संगठनका प्रमुख आईजीपि राजु अर्याल समेत मौन धारण गर्नुले सांगठनीक तस्करी नै खोलिएको बारे चर्चा परिचर्चा समेत हुन थालिएको छ । सांगठनीक तस्करी मात्र सशस्त्र प्रहरीको मिलोेमतोमा हुन नसकेको कारण नेपाल प्रहरीको समेत मिलोमतो भएको स्पष्ट बुझन सकिन्छ । क्रमशः

Leave A Reply

Your email address will not be published.