Ultimate magazine theme for WordPress.

बारा प्रहरीद्वारा हतियार सहित ५ जना पक्राउ

291

बारा, २३ कात्तिक / बारा प्रहरीले हातहतियार सहित ५ जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौणगढ नगरपालिका वडा नम्बर ११ भगवानपुर टोेलबाट हातहतियार सहित बारा प्रहरीले ५ (पा“च) जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेलाई सुचना आउनसाथ इलाका प्रहरी कार्यालय सिम्रौणगढबाट प्रहरी निरीक्षक रबिभुषण यादव र प्रहरी चौकी कचोर्वाबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले हातहतियार सहित ५ जनालाई नियन्त्रणमा लिन सफल भएको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीले एक थान कटुवा र एक थान रिबल्बर सहित १० राउण्ड गोली समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्योपानेले बताउनु भयो । उहाले थप अनुसन्धान भइरहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.