Ultimate magazine theme for WordPress.

१६ कठ्ठामा लगाइएको गाजा खेती बारा प्रहरीद्वारा नष्ट

124

बारा, २० मंसिर / बारा प्रहरीले १६ कठ्ठामा लगाइएको लागु औषध गाजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले १६ कठ्ठामा लगाइएको लागु औषध गाजा खेती नष्ट गरेको हो ।
बुधवार दिउसो करिब १२ बजे निस्केको टोली भिन्दा भिन्दै ठाउमा लगाइएको लागु औषध गाजाको खेती नष्ट गरेको बारा प्रहरीले जनाएको छ । बाराको निजगढ नगरपालिका वडा नम्बर १२ कुलिया स्थित भिन्दा भिन्दै खेतमा लगाइएको लागु औषध गाजाको करिब २० हजार बोटहरु नष्ट गरिएको प्रहरीले जनाएको छ । साथै गाजा खेतीमा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलाश गरी कानुन बमोजिम कारवाही समेत गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.