Ultimate magazine theme for WordPress.

मासिक रकम दिएको दुई हप्ता पनि नभएको खण्डमा तस्करी कसरी बन्द गर्ने: तस्कर

941

वीरगंज, २० मंसिर / वीरगंजको मात्रै नभई मुलुकको आर्थिक नगरीको साथै प्रमुख प्रवेशद्वारको रुपमा मानिने वीरगंज भन्सारबाट गर्दै आएका अवैध कारोवारीहरुले डिएसपीलाई मासिक रकम दिएको दुई हप्ता पनि नभएको खण्डमा तस्करी कसरी बन्द गर्ने भन्दै प्रश्ण गरेका छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मा¨ गरे बमोजिम रकम दिएकै कारण तस्करी कार्य बन्द गर्न सकिने अवस्था नरहेको भन्दै आफ्नो दुखेसो पोख्दै प्रश्ण गरेका हुन ।
वीरगंज भन्सारबाट हुने गरेको तस्करी बारे जनगुनासो डेलि डट कम अनलाइन पोर्टल साइट र शुभ आरम्भ राष्ट्रिय दैनिकमा समाचार प्रकाशित हुनसाथ सशस्त्र प्रहरी बल नेपाल संगठनले छानबिन टोली नै परिचालन गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालको निर्देशनमै छानबिन टोली परिचालन गरेको भएपनि छानबिन टोलीले सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमै बसी कागजी प्रकृयामा मात्रै छानबिन गरिएको बताइन्छ । जसका कारण तस्कर र सशस्त्र प्रहरी संगको सहकार्यलाई झन मजबुत बनेकै कारण तस्करी कार्य बन्द नरहेको तस्करहरु आफै स्विकार्छन ।
समाचार सम्प्रेशन नगर्न आग्रह गर्दै तस्कर समुहले मासिक रुपमा के कति गरिनु पर्ने भन्दै बार्गेनिङ समेत गरेको अडियो क्लिपबाट खुलेको छ । वीरगंज भन्सारबाट दिनहु बढ्दै गएको तस्करीका कारण मुलुकको अर्थ नै संकटमा परेको बुझिन सकिन्छ । तस्करीको समाचार सम्प्रेषण भएकै कारण दुई दिनसम्म तस्करी गर्न नपाएको तर छानबिन टोली फिर्ता हुनसाथ बुधवारको दिनबाट पुनः तस्करी कार्य सुचारु गरिएको तस्कर स्विकार्छन । उनका अनुसार सशस्त्र प्रहरी बलको सम्पूर्ण जिम्मेवारी बोर्डर आउट पोष्ट वीरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जिम्मा लिए पश्चात निर्धक रुपमा तस्करीको कार्य चलेको समेत जिकिर गरेका छन ।
वीरगंज भन्सार अगाडीबाटै दैनिक ५५ देखि ६५ वटा टेम्पुमा काजु, कपडा, हार्डवेयर लगायतको काम हुने गरेपनि काजुको मात्रै २७ वटा टेम्पुको माध्यमले काम हुने गरेको उनले बताउछन । वीरगंज भन्सार अगाडीबाटै निर्वाध रुपमा तस्करी कार्य सुचारु भएपनि माथिल्लो निकायहरुको मौनताले माथिल्लो निकायसम्मको सेटि¨कै माध्यमले तस्करी हुने गरेको खुलेको छ ।
यता सशस्त्र प्रहरी बल नेपाल संगठनलाई स्वच्छ, इमान्दार र असल संगठनको रुपमा रुपान्तरण गर्न लागि परेका आईजीपि राजु अर्यालको समेत आदेशलाई धज्जि उडाउदै तस्करी धन्दालाई स्थानीय बिओपी बिरगंजका प्रमुख डिएसपी सिंहले प्राथमिक्ता दिएको केहि दृष्यहरुले प्रमाणित समेत गरेको छ । तर संगठनलाई बदनाम गर्न लागि परेका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहलाई कारवाहीबाट बचाउन चलखेल भएको गण भित्रैबाट भएको छानबिन कार्यले प्रष्ट पारेको छ ।

Leave A Reply

Your email address will not be published.