Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा ३१ लाख बराबरको कपडा बरामद

329

बारा, ४ पौष / बारा र रौतहट जिल्लाको बिभिन्न स्थानबाट सशस्त्र प्रहरीले ३१ लाख बराबरको कपडा बरामद गरेको छ । खुल्ला सीमाको फाइदा उठाउदै अवैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले करिब ३१ लाख बराबरको कपडा बरामद गरेको हो ।
भारतबाट नेपाल भित्रयाउदै गरेको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण र सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट खटिएको टोलीले छुटा छुटै स्थानबाट कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी प्रमुख डिआईजी दिपेन्द्र शाहले जानकारी दिनुभयो । सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरीलाई देख्नसाथ तस्करका समुहहरु फरार भएपनि अवैध तरिकाले भित्रयाइएको कपडालाई नियन्त्रणमा लिन सफल भएको, उनले बताए । भन्सार दाखिला गर्दा बरामद गरिएको कपडाको मुल्य ३० लाख २१ हजार ४ सय कायम भएको डिआईजी शाहले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.