Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा लागु औषध चरेस सहित कटुवा पेस्तोल बरामद

642

पर्सा, २२ फागुन ÷ पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने छिपहरमाई गाउपालिकाबाट पेस्तोल सहित गोली सशस्त्र प्रहरीले बरामद गरेको छ । बोर्डर आउट पोष्ट भिष्वा बन्जारीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साहको कमाण्डमा खटिएको टोलीले सीमा नाका नजिकैबाट पेस्तोल सहित सो मा लाग्ने गोली बरामद गरेको हो ।
शनिवार राति करिब ११ बजेको समयमा छिपहरमाई गाउपालिका वडा नम्बर ५ सिक्टापुल स्थित खटिएको सशस्त्र प्रहरीको टोली देख्नसाथ पेस्तोल बोकेका झोला फाली भारततर्फ फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद झोला भित्र लागु औषध चरेस जस्तो देखिने २ थान प्याकेट र कटुवा पेस्तोल एक थान र सो मा लाग्ने गोली १ थान रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.