Ultimate magazine theme for WordPress.

नारायणी यातायात कार्यालय बन्यो बिचौलीयाहरुको अखडा

299

उमेश दुबे
पर्सा, २३ फागुन / नारायणी यातायात कार्यालय अहिलेको समयमा बिचौलीयाहरुको अखडामा परिणत हुदै गएको छ । बिचौलीयाको माध्यमले कार्यालय प्रमुखलाई राम्रो आम्दानी हुने गरेको कारण हाल नारायणी यातायात कार्यालय बिचौलीयाहरुको अखडामा परिणत हुदै गएको हो ।
नारायणी यातायात कार्यालय मातहात पर्ने सवारी शाखामा बिचौलीयाहरुको बिगबिगी बढेको पाइन्छ । सवारी शाखाका प्रमुख कुशेश्वर साहले बिचौलीयाकै माध्यमले नविकरण गर्ने गरेका छन । बिचौलीयाहरुले दैनिक सवारी शाखा प्रमुखलाई मोटो रकमको नजराना बुझाउने गरेको कारण बिचौलीयाकै माध्यमले सवारी नविकरण गर्ने गरेका हुन । सवारी धनि आफै कार्यालय पुगी नविकरण गराउन खोज्दा कहिले सर्भर डाउनको बहाना त कहिले आफु नै अनुपस्थित हुने गरेको कारण सेवाग्राही दैनिक बिचौलीयाको चपेटामा पर्ने गरेको एक सेवाग्राहीले बताएका छन ।
बाराको सिमराबाट ५ दिनदेखी नविकरण गराउन सवारी शाखामा पुग्दापनि नविकरण हुन नसक्ने तर बिचौलीयाको माध्यमले नविकरण गराउदा २ घण्टा भित्र नविकरण गराईएको सेवाग्राहीले दुखेसो पोखे । बिचौलीयाको माध्यमले नविकरण गराउदा कार्यालय प्रमुखलाई समेत राम्रो आम्दानी हुने गरेको कारण बिचौलीयाकै माध्यमले जानु परेको बाध्यता हालको समयमा रहेको सेवाग्राहीले दुखेसो पोखेका छन ।
नारायणी यातायात कार्यालयमा बिचौलीयाहरुको बिगबिगी कार्यालय प्रमुखकै इशारामा बढेको बारे दुईमत नरहेपनि हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान लगायत सम्बन्धीत निकाय मुकदर्शक मात्र बनेको पाइन्छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पर्ने नारायणी यातायात कार्यालयमा दिनहु भ्रष्टाचार बढेपनि सम्बन्धीत निकायको मौनता माथि पं्रश्ण चिन्ह खडा भएको छ ।

Leave A Reply

Your email address will not be published.