Ultimate magazine theme for WordPress.

वीरगंज भन्सार क्षेत्र तस्करहरुको अखडामा परिणत

222

उमेश दुबे
पर्सा, १८ चैत्र / नेपालकै प्रमुख प्रवेशद्वार र मुलुककै आर्थिक नगरी क्षेत्रमा रहेको वीरगंज भन्सार हालको समयमा तस्करहरुको सम्राज्यले अतिक्रमण गरे झै प्रयोग गर्न थालेका छन । भन्सार क्षेत्रमा रहेको सशस्त्र प्रहरी क्याम्प र नेपाल प्रहरीका प्रहरी चौकीलाई बेवास्ता गर्दै तस्करी गर्ने गिरोहका सम्राज्यले अतिक्रमण नै गर्ने गरी आफ्नो अवैध धन्दालाई निरन्तरता दिएका हुन ।
वीरगंज भन्सार क्षेत्रमा प्रहरी चौकी इनर्वा, बोर्डर आउट पोेष्ट र वडा प्रहरी कार्यालय बिर्ताको टोली परिचालन रहेको पाइन्छ । तर वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटीले मासिक रुपमै मोटो रकमको नजराना बुझे पश्चात तस्कर सम्राज्यले साना प्रहरी चौकीका कमाण्डरलाई बेवास्ता गर्दै आफ्नो सम्राज्य खडा गरेको पाइन्छ । वीरगंज भन्सार हुदै प्रति दिन २ देखी ३ करोड बराबरको मालसमान अवैध तरिकाले आयात निर्यात भएको पाइन्छ ।
वीरगंज भन्सार हुदै कुख्यात तस्करको रुपमा चिनिने शत्रुधन, जयलाल, भोला, मुख्तार, मुन्ना, कालि, ज्योति, रेखा, जानुका, सोनिया लगायत दर्जनौ तस्करहरु आफ्नो अवैध धन्दा सुचारु गरेका छन । आफ्नो अवैध धन्दालाई मात्र सुचारु गरेको पाइदैन, सीमामा खटिने प्रहरीहरुलाई समेत बेवास्ता गरेको पाइन्छ । ठुला वडा हाकिमलाई नजराना ब्ुझाए पश्चात साना दर्जाका प्रहरीलाई गाली गलौज नै गरेर किन नहोस तस्करीका माल कटाएको बारे एक स्थानीय प्रहरीले नै बताउछन ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी मात्र आर्थिकमा सिमित हुने गरेको कारण दर्जनौ तस्करहरु वीरगंज भन्सार क्षेत्रमा सकृय रहेको देखिन्छ । वीरगंज भन्सार क्षेत्रमा तस्करी नियन्त्रण हुनुको साटो झन बढेको मुख्य कारण प्रहरी निरीक्षक शिवाकोटी रहेको स्थानीयवासीहरु नै बताउछन । रातिको समयमा वडा प्रहरी कार्यालय बिर्ता अगाडीबाटै टेम्पुको माध्यमले रातभरी तस्करी हुने गर्दछ, टेम्पुको अवाजले सुत्नै नसक्ने अवस्था हुन्छ, स्थानीयले भने ।
दिउसोको समयमा प्रहरीले आफ्नो काम कर्तव्य निर्वाह गरेको नाटक गरे झै गरेपनि रातभरी तस्करी गर्ने तस्कर गिरोह सल्बलाएको हुन्छ, अर्का स्थानीयले भने । प्रहरीले चाहे मन्दिर अगाडीबाट चप्पल चोरी हुन सक्दैन तर प्रहरीले नै प्रति दिन करोडौको मालसमान कटाउनमा सहयोग पुरयाएर उक्त शब्दलाई प्रमाणित गरि दिएको, उनले बताए ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले सीमा लगायत भित्रि भेगमा कडा रुपले निगरानी बढाउन निर्देशन दिएपनि उनको आदेशको पालना नभएको वडा प्रहरी कार्यालय बिर्ताको क्षेत्रमा भइरहेको गतिविधिबाट प्रष्ट हुन्छ । तसर्थ ः आर्थिकमा मात्र सिमित हुने गरेको यस्ता प्रहरी निरीक्षक माथि माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.