Ultimate magazine theme for WordPress.

भिष्वा नाकाबाट अञ्जीर नामक फलको तस्करी

115

उमेश दुबे
पर्सा, १८ चैत्र / तेश्रो मुलुकबाट आयात भएको अञ्जीर नामक फलको तस्करी पर्साको भिष्वा नाकाबाट हुदै आएको छ । तेश्रो मुलुकबाट नेपाल आयात भएको अञ्जीर नामक फल प्रहरी प्रशासनकै सहयोगमा अवैध रुपले भारत निकासी हुदै गएको हो ।
सबै भन्दा महंगो फल खपत नेपालमा हुन नसकेपछि तस्करहरुले भिष्वा नाकाको प्रयोग गर्दै प्रति दिन करोडौ बराबरको अञ्जीर नामक फल अवैध तरिकाले भारत निकासी गर्न सफल भएको बताइन्छ । इरानबाट पाकिस्तान, पाकिस्तानबाट नेपाल आयात भएको अञ्जीर नामक फल हालको समयमा अवैध तरिकाले भारत निर्यात हुदै आएको बुझिन्छ । अञ्जीर नामक फल भारतमा प्रति किलो ९ सय भारतीय रुपैया पर्ने गरेको भारतीय नागरिक नै बताउछन ।
स्थानीय प्रहरी चौकी भिष्वा र बोर्डर आउट पोष्ट बन्जारीका प्रहरीहरु नै तस्करी गराउने गरेको स्थानीयहरु बताउछन । स्थानीयहरुका अनुसार रातिको समयमा घरबाहिर आम सर्वसधारण निस्किन पाउदैन्न, तस्करी गर्ने गिरोह निष्पट अन्यारोमा सलबलाउन थालेपछि प्रहरीहरु स्थानीय सर्वसधारणलाई घरबाट बाहिर निस्किन नदिने तर तस्करीका मालसमान बोक्ने गिरोहहरु खुल्याम रातभरी तस्करी गर्न छुट नै हुने गरेको स्थानीय दुखेसो पोख्छन ।
भिष्वा नाकामा कुख्यात तस्करको नामले परिचित रहेका मुन्ना जैश्वालले अञ्जीर नामक फलको तस्करी गर्दै आएको खुलेको छ । जैश्वाल भिष्वा नाकामा कुख्यात तस्करको नाममा चिनिने गरिन्छन । मुन्ना जैश्वालले स्थानीय प्रहरी लगायत जिल्लाका प्रहरीहरुलाई समेत लाखौ रुपैया नजराना बुझाउने गरेको कारण तस्करी धन्दा मौलाउदै गएको आरोप स्थानीयको रहेको छ । जैश्वाल मात्र अञ्जीर नामक फलको तस्करी गर्दैन्न, चाइनाबाट आयात भएको स्याउको समेत तस्करी धन्दा गर्दै आएका छन । मासिक रुपमै प्रहरी प्रशासनलाई मोटो रकमको भेट चढाए पश्चात चाइनिज स्याउ र अञ्जीर नामक फलको तस्करी गर्दै आएका हुन ।
स्थानीय बोर्डर आउट पोष्ट बन्जारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिष्णुहरि थापाको आग्मन भएको दुई हप्ता नबितिदै भिष्वा नाकाबाट तस्करी सल्बलाउनुले सांगठनीक रुपमा तस्करी खुलेकै बुझन सकिन्छ । यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले आफुलाई केही जानकारी नरहेको बताएका छन । यस बिषयमा आफु बुझ्ने र बोर्डर आउट पोष्ट बन्जारीमा डिएसपीलाई खटाउने तयारी नै गरेको बताए । भिष्वा नाकाको सुचना आफु संग आएको तर अन्जीर नामक फलको बिषयमा आफुलाई जानकारी नभएको बताएका छन ।
स्थानीय प्रहरी चौकी भिष्वाका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक संतोष केसिको समेत मिलोमतोमा तस्करी धन्दा मौलाउदै आएको प्रष्ट बुझन सकिन्छ । प्रहरी चौकी भिष्वाको करिब ५० मिटर पछाडी रहेको सडकलाई नै तस्कर समुहहरुले प्रयोग गर्दै आफ्नो अवैध धन्दालाई निरन्तरता दिएको पाइन्छ । तसर्थ ः यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.