Ultimate magazine theme for WordPress.

प्रेसको गाडीमा लागु औषधको कारोवार

414

पर्सा, १८ चैत्र / वीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजन्ती चौक नजिकैबाट लागु औषध बोकेको प्रेस लेखेको गाडी नेपाल प्रहरीले बरामद गरेको छ । भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बा.७.च ४६४२ नम्बरको कारलाई रोकेर चेकजाच गर्दा लागु औषध बराबद भएको प्रहरीले जनाएको हो ।
बा.७.च ४६४२ नम्बरको कारमा निगगरानी अनलाइन डट कम लेखेको र कारको बर्नट भित्र लुकाई छिपाई नेपाल भित्रयाउने क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । लागु औषध ओनेरेस १९८ पिस र नाइट्रोभेट २४० पिस सहित कार र चालकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । लागु औषध सहित चालक गोपाल बहादुर च्यांगतानलाई नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.