Ultimate magazine theme for WordPress.

लागु औषध सहित ४० बर्षिय महिला सशस्त्र प्रहरद्वारा पक्राउ

90

पर्सा, १२ चैत्र / लागु औषध सहित ४० बर्षिय महिलालाई सशस्त्र पं्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । महिलाकै माध्यमले लागु औषध अफिमको कारोवार भइरहेको बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरीले लागु औषध अफिम सहित ४० बर्षिय महिलालाई नियन्त्रणमा लिन सफल भएको हो ।

नेपालबाट भारततर्फ लागु औषध अफिमको कारोवार भइरहेको बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियाहीबाट लागु औषध अफिम सहित ४० बर्षिय महिलालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । शनिवार बिहान करिब ९ बजेको समयमा लागु औषध अफिम सहित बाराको जितपुर सिमरा उप—महानगरपालिका वडा नम्बर ७ बस्ने सुरेश रामको ४० बर्षिय श्रीमति रिना देवीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको हो ।

४० बर्षिय रिना देवीले ६ पोकामा करिब ३ किलोग्राम लागु औषध अफिम भारततर्फ लगिरहेको बिशेष सुचनाको अधारमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले जनाए अनुसार ३ किलोग्राम लागु औषध अफिम सहित महिलालाई अवाश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.