Ultimate magazine theme for WordPress.

हात्ती तस्करीमा तिब्रता, दुई वटा हात्ती सहित ३ जना तस्कर पर्सा प्रहरीको नियन्त्रणमा

105

पर्सा, १२ चैत्र / नेपालबाट भारततर्फ हात्ती बिक्रि वितरण गर्ने उदेश्यले लगिरहेको अवस्थामा पर्सा प्रहरीले दुई वटा हात्ती सहित ३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिन सफल भएको छ । नेपालको बन जंगलबाट हात्तीलाई भारततर्फ तस्करी गर्ने उदेश्यले लगिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले दुई वटा हात्ती सहित ३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
इलाका प्रहरी कार्यालय पोखरीयामा सूचना आउनसाथ खटिएको प्रहरी टोलीले पकहामैनपुर गाउपालिका वडा नम्बर ५ पोखरीया टोलबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । सूचना आए पश्चात खटिएको प्रहरी टोलीले पकहामैनपुरबाट दुई वटा हात्ती सहित तिन जना तस्करलाई पक्राउ गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा पर्सा जिल्लाको पकहामैनपुर गाउपालिका वडा नम्बर ५ सबैठवा बस्ने अफताब आलम हुसेनको ३५ बर्षिय छोरा सफरोज आलम, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १८ जितपुर बस्ने बिकवा महतोको ६० बर्षिय छोरा बुदिराम महतो र सोही निवासी डमर बहादुर कुमालको ४० बर्षिय छोरा राजु कुमाल रहेको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीले नियन्त्रणमा लिएको हात्ती र तस्करलाई अवाश्यक कारवाहीको लागी पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.