Ultimate magazine theme for WordPress.

एसिड प्रहार गरेको आरोपमा दुई जना बारा प्रहरीको फान्दामा

289

बारा, ११ चैत्र / आफ्नै बुहारी माथि एसिड प्रहार गर्ने दुई जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति करिब ८ बजेको समयमा आफ्नै बुहारी माथि एसिड प्रहार गर्ने ससुरा र जेठाजुलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरगंजबाट आफ्नो माइति कलैया उप—महानगरपालिका वडा नम्बर २३ कोरिया टोला आइरहेकी सिता पटेल माथि एसिड प्रहार गर्ने ससुरा र जेठाजुलाई बारा प्रहरीले नियवन्त्रणमा लिएको छ । बारा प्रहरीले एसिड प्रहारको सूचना पाउनसाथ घटना स्थल पुगी घाइते भएकी सिता पटेललाई जिल्ला अस्पताल पुरयाएपनि घाइते पटेलको ब्यानको अधारमा एसिड प्रहार गर्ने ससुरा र जेठाजुलाई बारा प्रहरीले वीरगंजबाट नियन्त्रणमा लिन सफल भएको छ । एसिड प्रहार गरेर फरार भनिएका रामबाबु साह र हवारी साहलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार पिडितको ब्यानको अधारमा वीरगंज महानगरपालिका वडा नम्बर १३ निवासी ५० बर्षिय हवारी साह र ३२ बर्षिय रामबाबु साहलाई नियन्त्रणमा लिएको बताउनु भयो । उहाले दुबै जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.