Ultimate magazine theme for WordPress.

मोबाइल पार्टस तस्करद्वारा सशस्त्र प्रहरी माथि हातपात

140

बारा, १३ असार / भारतबाट अबैध रूपमा भन्सार छलि गरि नेपाल भित्रयाउदै गरेको मोबाइलको पार्टस सशस्त्र प्रहरीले बरामद गर्दा तस्करद्वारा नै सशस्त्र प्रहरी माथि हातपात भएको घटना बाहिरिएको छ । बाराको बिश्रामपुर गाउपालिका वडा नम्बर ३ स्थित सीमा नाकामा खटिएका सशस्त्र प्रहरीले तस्कर सहित मोबाइलको पार्टस बरामद गर्नसाथ तस्कर नै सशस्त्र प्रहरी माथि हातपात गरेको घटना बाहिरिएको हो । बुधवार दिउसो करिब ३ बजेको समयमा भारतबाट मोबाइलको पार्टस भित्रयाउदै गर्दा सशस्त्र प्रहरीले बरामद गरेको थियो । मोबाइलको पार्टस किन पक्राउ गरिएको भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीलाइ तस्कर बृजलाल राउत कुर्मिले हातपात गरेका छन । हातपात गर्ने बिश्रामपुर गाउपालिका वडा नम्बर ३ निवासि बृजलाल राउत कुर्मिलाइ सशस्त्र प्रहरीले पक्राउ गरि इलाका प्रहरी कार्यालय प्रसौनिमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । घटना स्थलका स्थानीयका अनुसार सशस्त्र प्रहरीले मोबाइलको पार्टस बरामद गर्ने समयमा एक्कासि कुर्मिले सशस्त्र प्रहरीका कर्मचारी माथि हातपात गर्नुको साथै वर्दि समेत च्याथेको बताएका छन । स्थानीयका अनुसार त्यति मात्र नभइ सशस्त्र प्रहरीले बोक्ने वाकिटकि समेत तोड्दै आफ्नो पहुच माथिल्लो नेता सङ्ग रहेको बताउदै अपश्ब्द प्रयोग गर्दै सशस्त्र प्रहरीका कर्मचारीलाइ गालि गलौज कुर्मिले गरेको बताए । सशस्त्र प्रहरीले पक्राउ गरेको मोबाइलको पार्टस आफ्नो नियन्त्रणमा लिएको छ भने प्रहरी माथि हातपात गर्ने कुर्मिलाइ अवाश्यक कारवाहिको लागि इलाका प्रहरी कार्यालय प्रसौनिमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.