Ultimate magazine theme for WordPress.

जनता सङ्ग गरेको वाचा पूरा गर्न सकेन्न मेयर साह

760

बारा, २२ श्रावण / बारा जिल्लाको सदरमुकाम कलैया नगर बिकासको निम्ति जनता सङ्ग गरेको वाचा मेयर साह पूरा गर्न नसकेको आरोप स्थानीयले लगाउन थालेका छन । स्थानीय निर्वाचन सम्पन्न भएको करिब १५ महिना बिति सकेपनी कलैया उपमहानगरपलिकाका नगर प्रमुख बिनोद साहले जनता सङ्ग गरेको वाचा पूरा गर्न नसकेको आरोप लगाउन थालेका हुन । बिगत केही दिनदेखी कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले आफ्नो प्रचार प्रसारको निम्ति विभिन्न संचार माध्यमलाइ बिज्ञापनको प्रलोभनका साथै आर्थिक सहयोग गर्ने प्रलोभन देखाइ आफ्नो प्रचार प्रसारमा जुटेको देखिन्छन । डोजर चलाउने हल्ला फिजाएर आर्थिक कमाउने योजना हुने गरेको हालसम्मको प्रगतिले प्रष्ट पारेको छ । जिल्लाकै सदरमुकाम कलैयाको भरत चौक पुग्न बर्षायाममा हिलो खेलेरै जानू पर्ने र घामको समयमा धुलोमय भएर जानू पर्ने बाध्यता रहेको बरेवाका रामप्रवेशले बताएका छन । मानमत-कलैया-मटिअर्वा सडक अन्तर्गत पर्ने हुलाकी सडक निर्माण नहुदा स्थानीयलाई सास्ती खेप्नु परेको उनले बताए । बर्षायामको समयमा बालबालिकालाइ बिधालय जान मात्र अफ्यारो हुदैन, वृद्धसम्मलाई बजार पुग्न समस्या हुने गरेको बताए । हुलाकी सडक निर्माणका लागि स्थानीयहरूले पटक पटक सडक बन्द गरेर सरकारलाई दवाब दिने कार्य गरिरहेकै बेला मेयर बिनोद साहले सडक खुलाउने गरेको दुखेसो स्थानीय अर्का बिश्वास नामक युवाले बताए । उनका अनुसार सडक निर्माणको बिषयमा पटक पटक उपमहानगर धाइरहेपनि सडकको काम मात्र प्रचार प्रसारको निम्ति हुने गरेको बताए । कलैयाका मेयर साह बिकास प्रेमी नभइ बिकास बिरोधि रहेको ती युवकले आरोप लगाए । स्थानीय युवा विकासका अनुसार हामी निर्वाचनमा आफ्नो एकाधिकार मत प्रयोग गरि पाछुताउने बाहेक कुनै बिकल्प नरहेको दुखेसो पोखेका छन । कलैयाको बिकासको निम्ती, जनताको निम्ती, युवाहरूको रोजगारीको निम्ती, कलैया बजारको ब्यवस्थापनको निम्ती, ट्राफिक ब्यवस्थापनको निम्ती स्थानीय स्तरमा परिवर्तन अवाश्यक रहेको बेला आफ्नो एकाधिकार मत बिनोद साहलाइ दिएर पछुताउने बाहेक कुनै बिकल्प नरहेको दुखेसो, उनले पोखे । दिन प्रती दिन कलैया बजारमा हुने गरेको समस्या झन जटिल बन्दै गएको अवस्थामा निर्माण कार्य अगाडी बढाउनुको साट्टो मेयर बिनोद साहले मौन धारण गर्नुले जनताको चाहना अनुसार कार्य प्रगति हुन नसकिने देखिन्छ । तसर्थ यस विषयमा सम्बन्धित निकायको ध्यान पुग्न अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.