Ultimate magazine theme for WordPress.

ट्राफिक प्रहरी र उपमहानगरको लापरबाहीका कारण बारावासी मारमा

81

बारा, २३ श्रावण / बारा जिल्लाको सदरमुकाम कलैयाको ट्राफिक ब्यवस्थापन र उपमहानगरपालिकाको लापरबाहीका कारण जिल्लावासी नै मारमा पर्ने गरेका छन । सदरमुकाम आउन हिलोमय मात्र नभएर ट्राफिक ब्यवस्थापन नहुदा प्रति दिन मारमा पर्ने गरेको यात्री बताउछन । बारा जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा प्रति दिन लाग्ने सवारी साधनका कारण यात्रीका साथै स्थानीय समेत मारमा पर्ने गरेको बताइन्छ । सडक निर्माणको प्रमुख जिम्मेवारी पाएका कलैया उपमहानगरपालिका र ट्राफिक समस्या निराकरण गर्न प्रमुख जिम्मेवारी पाएका ट्राफिक प्रहरीको चरम लापरबाहीका कारण दिनहु जिल्लावासी मारमा पर्ने गरेको, स्थानीय रामानन्दले बताएका छन । उनका अनुसार स्थानीय तह निर्वाचन अगाडी ठुला ठुला भासण र कलैयावासि सङ्ग वाचा गरेका काम पूरा नगर अध्यक्ष बिनोद साहले गर्न नसकेको आरोप लगाए । सडक निर्माणको नाममा बिगत ६ महिनादेखि झुटको प्रचार गराउदै आएका नगर अध्यक्ष बिनोद साहले बारम्बार मात्र सूचना प्रकाशित गराउन बाहेक केहि गर्न नसकेको आरोप, उनले लगाए । हुलाकी सडक अन्तर्गत परेपनि काम गर्न लगाउने नगर अध्यक्ष हुन कि जनता ? भन्दै स्थानीयले दुखेसो पोखे । यता ट्राफिक ब्यवस्थापन नहुदा पनि जिल्लावासी मारमा पर्ने गरेको स्थानीय अकलेशले यस पत्रीका माझ दुखेसो पोखे । उनका अनुसार दिन प्रति दिन बढ्दै गएको सवारी साधन र त्यसमा पनि ट्राफिक प्रहरीको फितलो काम कारवाहिका कारण पनि जिल्लावासीलाइ थप पिडा खेप्नु परेको बताए । जथाभावी रोकि राख्ने ठुला बडा सवारी साधनका कारण बिभिन्न ठाउहरूबाट कलैया बजार आउने यात्रीलाइ सास्ति खेप्नु परेको, उनले बताए । जताततै भएको खाल्डो खुल्डिमा जम्मा भएको पानी जिउमा पर्नुको साथै जथाभावी लगाइएको सवारी साधनका कारण पनि थप जिल्लावासीलाइ पिडा थपिएको, उनले बताए । यता सडक बिभागको हुलाकि राजमार्ग कार्यालयका साथै कलैया उपमहानगरपालिका र ट्राफिक ब्यवस्थापनका कारण जिल्लावासीलाइ थपिदै गएको पिडा सम्बन्धमा सम्बन्धित निकाय गम्भीर हुन अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.