Ultimate magazine theme for WordPress.

भ्रष्टाचारको भण्डा फुटे पश्चात बहुलाए गाउपालिका अध्यक्ष जैश्वाल र लेखा अधिकृत चौधरी

299

वीरगंज, १२ असार / बारा जिल्लाको बारागढी गाउपालिकाका लेखा अधिकृत अजय चौधरी र गाउपालिका अध्यक्ष अशोक जैश्वालको भागबण्डाको बिषयमा समाचार उजागर हुनासाथ अध्यक्ष लगायत लेखा अधिकृत बहुलाए झै प्रतिकृया दिए पश्चात चौतर्फी आलोचना हुन थालिएको छ । असार १० गते बिभिन्न संचार माध्यमबाट बारागढी गाउपालिकाका अध्यक्ष जैश्वाल र लेखा अधिकृत चौधरीको भागबन्डा बारे समाचार उजागर भए पश्चात मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै बहुलाए झै प्रतिकृया दिएका हु्न ।
केहि तेलको लोभ देखाउदै समाचार खन्डन गर्न बोलाइएका पत्रकारहरुको टोली अगाडी बारागढी गाउपालिकाका अध्यक्ष आफ्नो पदको दम्भ बताउदै महिला पत्रकार कै अगाडी अश्लिल शब्द प्रयोग गरेको भिडियो नै सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष अशोक जैश्वालले अण्डकोष चाट्ने शब्द प्रयोग गर्दै नियम कानुन र आफ्नो मर्यादा बिर्सिदै बहुलाए झै प्रतिकृया दिएको बारे भिडियो क्लिपबाटै प्रष्ट हुन्छ । अध्यक्ष जैश्वालको भिडियो क्लिप समाजिक संजालमा उजागर हुनासाथ चौतर्फी आलोचना समेत भएको देखिन्छ । तर खन्डन गर्ने उदेश्यले तेलको लोभमा बारागढी गाउपालिका पुगेका पत्रकारहरुको आखामा लाज समेत नलागि यथावत नै रहि खन्डन गर्नेतर्फ उन्मुख नै भएको प्रष्ट हुन्छ ।
समाचार लेखेका सम्बन्धीत पत्रकारको उपस्थिती बिना नै पत्रकार सम्मेलन गरिएको कारण सम्पुर्ण पत्रकारको भावनामा चोट पुरयाउदै इज्जत माथी पनि खेलवाड गरेको स्पष्ट बुझन सकिन्छ । गाउपालिका भित्र गरेको कतुर्त लुकाउन लेखा अधिकृत अजय चौधरी र गाउपालिका अध्यक्ष अशोक जैश्वालले पत्रकार सम्मेलन गरेको बारे यहा स्पष्ट बुझन सकिन्छ ।
त्यस्तै बारा जिल्लामा क बर्गका पत्र पत्रिका हुदा हुदै पनि कमिशनको लोभमा बाहिरका पत्रिकालाई बिज्ञापनहरु दिइएका कारण पनि त्यस पालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरु घुसखोर तथा भ्रष्ट रहेको बारे प्रमाणित गर्दछ । बारागढी गाउपालिकामा भएको भ्रष्टाचार बारे अख्तियार दुरुपयोग अनुसन्धान लगायत जिल्ला प्रशासन कार्यालय बारामा समेत उजुर परेपनि हालसम्म बिचाराधिन रहेको देखिन्छ ।
यसरी कुर्सीको बलमा देशका कानुन, संबिधान र प्रशासनलाई लत्याउँदै सरकारसंग अनुमती लिई दर्ता गरिएका पत्र पत्रिका तथा श्रमजिवी पत्रकारलाई अपहेलना गर्ने जनप्रतिधि देशमा राज गर्ने हो भने निमुखा जनताहरु शंकटमा पर्ने देखिन्छ । त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पत्रकारको अगाडी गरिएको व्यबहारलाई देख्दा सोझा साझा जनता संग कस्तो व्यबहार गरिन्छ होला सहजै अनुमान लगाउन सकिन्छ ।

Leave A Reply

Your email address will not be published.