Ultimate magazine theme for WordPress.

आफैले बुन्देको जालमा परे मेयर जैश्वाल, मेयर बिरुद्ध चौतर्फी आलोचना

209

बारा, ११ असार / बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवालले पत्रकार सम्मेलनको आयोजना गरेर महिला पत्रकार कै अगाडी अश्लिल शब्द प्रयोग गरेको छ । जैसवालले असार १२ गते मंगलबारको दिन पत्रकार सम्मेलन गरेर अण्डकोष चाट्ने शब्द प्रयोग गरेका छन् ।

पालिकाको बिषयमा समाचार प्रकाशन भएपछि उक्त समाचारको खण्डनका लागि गरिएको पत्रकार सम्मेलनमा आफ्ना कुर्सीको बल देखाउँदै घमण्डले मात्तेर त्यस्तो शब्दको प्रयोग गरेको बाराका युवा अभियन्ता राजेश रौनियारले बताए । समाजिक संजालमा ब्यापक रुपमा फैलिएको त्यो भिडियोलाई हेर्दै त्यस पालिकाका स्थानिय जनताले अनपढ गवाँरलाई जिताए पछि यस्तो दिन देख्नु परेको लयागतका कमेन्टहरु गरेका छन् ।

दर्जनौको संख्यामा उपस्थित भएका ठुला ठुला मिडियाका पत्रकारहरुको अगाडी आफ्ना भ्रष्ट कर्मचारी राखेर अपशब्द प्रयोग गर्नु र समाचार लेखेका सम्बन्धीत पत्रकारको उपस्थिती बिना नै पत्रकार सम्मेलन गरिएको कारण सम्पुर्ण पत्रकारको भावनामा चोट पुर्याउँदै इज्जत माथी पनि खेलवाड गरेको छ । त्यस्तै सो जिल्लामा क बर्गका पत्र पत्रिका हुँदा हुँदै पनि कमिशनको लोभमा बाहिरका पत्रिकालाई बिज्ञापनहरु दिइएका कारण पनि त्यस पालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरु घुस खोर तथा भ्रष्ट रहेको प्रमाणित भएको देखिन्छ ।

यसरी कुर्सीको बलमा देशका कानुन, संबिधान र प्रशासनलाई लत्याउँदै सरकारसंग अनुमती लिई दर्ता गरिएका पत्र पत्रिका तथा श्रमजिवी पत्रकारलाई अपहेलना गर्ने जनप्रतिधि देशमा राज गर्ने हो भने निमुखा जनताहरु शंकटमा पर्ने देखिन्छ । त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पत्रकारको अगाडी गरिएको व्यबहारलाई देख्दा सोझा साझा जनता संग कस्तो व्यबहार गरिन्छ होला सहजै अनुमान लगाउन सकिन्छ ।

Leave A Reply

Your email address will not be published.