Ultimate magazine theme for WordPress.

बारागढि गाउपालिकाको लेखापाल चौधरीको मनोमानि, कमिसनकै भरमा विकासको योजना अगाडी सारिदै

249

बारा, १० असार / कमिसनको भरमा असारे वजेट सिध्याउन बाराको बारागढि गाउपालिका समेत नमुनाको रूपमा चिन्न थालिएको छ । गाउपालिका भित्र ग्यास चुल्हो बितरण कार्यमा लाखौको कमिसन र भागबन्डाको निम्ति कागजी प्रक्रिया नै पुरा नगरि ४ करोड ३० लाख रूपैया सम्झौता गरिएको हो ।

बारागढि गाउपालिकाका लेखा अधिकृत अजय चौधरी लगायत इन्जिनियर बिनय चौधरीले भागबन्डा मिलाउदै नियम कानूनको धज्जि नै उडाउदै कागजी प्रक्रिया नै पुरा नगरि ४ करोड ३० लाखको सम्झौता गरेको खुलेको छ । बारागढि गाउपालिकाका अध्यक्ष अशोक जैश्वाल समेत मौन धारण गर्नुले भागबन्डाको चर्तिकला बारे रहस्य उजागर भएको छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका गाउपालिकाका अध्यक्ष जैश्वाल कमिसनको भागबन्डा पाउने आश्वासनमा मौन धारण नै गरेको पाइन्छ ।

ग्यास चुल्हो खरिद सम्झौता प्रकरणमा गाउपालिका अध्यक्ष जैश्वालदेखि लेखा अधिकृत अजय चौधरी लगायत इन्जिनियर विनय चौधरीको समेत भागबन्डा भएको हुन सक्ने अनुमान गरिन थालिएको छ । रौतहटको गौर स्थित न्यू इलेक्ट्रोनिक प्लाजा सङ्ग सहकार्य गर्दै प्राविधिक कागजात नै पूरा नगरि गरिएको सम्झौता बारे पालिकाका कर्मचारीहरू नै बताउछन ।

टेन्डर प्रक्रियामा अनियमितता भएको बारे अख्तियार दुरूपयोग अनुसन्धान र जिल्ला प्रशासन कार्यालय बारामा उजुर गरेपनि केहि वास्ता नगरिएको उजुरकर्ताले जनाएका छन । उनका अनुसार गाउपालिका अध्यक्ष जैश्वाल र लेखा अधिकृत अजय चौधरी आफ्नो हैकम्वादी तरिकाले भागबन्डामै असारे विकास योजनाको नाममा बजेट सिध्याउदै गरेको बारे प्रष्ट हुन्छ । यस बिषयमा सम्बन्धित निकायको समेत समयमै ध्यान जान अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.