Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीका बदनाम घुमुवा फिर्ता, सीमापारीबाटै तस्करीको सेटिङ्ग

632

बारा, ३० जेष्ठ / मधेस प्रदेश मात्रै नभएर मुलुककै आर्थिक नगरी वीरगंजको पर्सा जिल्ला र छिमेकी बारा जिल्लामा स्थापित रहेका सशस्त्र प्रहरीहरुको नाममा सीमापारीबाटै तस्करीको रकम उठन थालिएको छ । नेताहरुको भाषण झै सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले दिएको अभिव्यक्ति र कार्यशैलीले प्रष्ट पारेको छ । आईजीपि अर्यालले घुमुवाहरुलाई संगठन भित्र नराख्ने प्रतिवद्धता जनाएपनि मधेस प्रदेशको बिभिन्न जिल्लाहरुमा अर्यालकै निर्देशनमा पुनः घुमुवाहरु परिचालन भएको पाइएको हो । घुमुवा मात्र परिचालन भएको पाइदैन, घुमुवाले सीमापारी नै पुगी तस्करीको रकम उठाउने गरेको रहस्य समेत उजागर भएको हो ।
केहि महिना अगाडी मात्रै सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले नेताहरुले गरेको भाषण झै घुमुवाहरुले संगठन बदनाम गराएको भन्दै १३३ जना घुमुवालाई तानेका थिए । तानिएको घुमुवा प्रहरीहरु अहिलेसम्म फिर्ता हुन नपाउदै बिगतका घुमुवाहरुकै इशारामा अर्यालले केहि नया घुमुवालाई मधेस प्रदेशको जिल्लाहरुमा परिचालन गरेको बारे संगठन भित्रै चर्चाको बिषय बनेको छ । सशस्त्र प्रहरी बल नेपाल संगठन भित्र आफ्नो कार्यले छुटै पहिचान बनाउन सफल हुनु भएका आईजीपि राजु अर्याल हाल राजनीति दलका नेताहरुको इशारामा हिडन थालेपछि बदनाम घुमुवाकै इशारामा बारा, पर्सा जिल्ला लगायत मधेस प्रदेशको बिभिन्न जिल्लाहरुमा घुमुवा परिचालन गरिएपनि मौन नै धारण गरेको पाइन्छ ।
सशस्त्र प्रहरी बल नेपाल संगठन भित्र राजनीति दलका नेताहरु हावी हुदै गएको कारण पनि घुमुवा परिचालनमा रोक लगाउन नसकिएको बारे संगठन भित्र चर्चा हुन थालिएको छ । नेपाल र भारतको सीमा स्तम्भ सुरक्षा लगायत राजस्व संकलन तथा चोरी तस्करी नियन्त्रण गर्न प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरीले सीमापारी गएर पनि तस्करीको रकम उठाउनबाट पछि हटेका छैन्न । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट खटिएका तिन जना घुमुवाले भिन्दा भिन्दै नाकामा पुगी सीमापारी पुगेर भएपनि तस्करीको रकम उठाउने गरेको पाइन्छ ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट सशस्त्र प्रहरी हवलदार प्रदिप कुश्वाहा, सशस्त्र प्रहरी सहायक हवलदार बदन मिया कवाडी र सशस्त्र प्रहरी जवान रंजित गुप्ता घुमुवाको रुपमा परिचालित छन । तर यी तिन जना घुमुवालाई संगठनका प्रमुख आईजीपि राजु अर्यालकै निर्देशनमा परिचालन गरिएको बारे भलाकुसारी चल्न थालिएको छ ।
बदनाम घुमुवा फिर्ता
त्यति मात्र नभई बिगतको दिनमा सशस्त्र प्रहरी बल नेपालको बदनाम घुमुवाको रुपमा मानिएका सशस्त्र प्रहरी सहायक हवलदार संजिव चौधरी र सशस्त्र प्रहरी हवलदार अनिल यादव फिर्ता भएको खबर प्राप्त भएको छ । बिगतको दिनहरुमा १२ नम्बर गणबाट सादा पोशाकमा खटि आर्थिक तान्डव नै मचाएका ति दुई जना घुमुवालाई आईजीपि अर्यालकै निर्देशनमा फिर्ता पठाइएको हो । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका तत्कालीन डिआईजी चन्द्रप्रकाश गौतमले पैसा उठाउदै गरेको प्रमाणहरु फेला पार्नसाथ कारवाहीको निम्ति हेडक्वाटर पठाएका घुमुवाहरुलाई आईजीपि अर्यालले फिर्ता पठाएकोमा सांगठनीक तस्करीको सुरुवात हुने आशंका व्यक्त गर्न थालिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल संगठन प्रमुख आईजीपिको पदसम्म पुग्नको निम्ति आफ्नो इमान्दारीताले छुटै पहिचान बनाउन सफल हुनु भएका अर्याल आफैले दिएको अभिव्यक्ति पुरा गर्न सकेका छैन्न । अर्याल, घुमुवालाई फेरी परिचालन नगर्ने अभिव्यक्ति दिएपनि मधेस प्रदेशको अधिकांश जिल्लाहरुमा घुमुवा परिचालन हुनुको साथै बदनाम घुमुवा फिर्ता भएको देखिन्छ । डिआईजी कार्यकालमा अर्यालको बिश्वासिला पात्रको रुपमा मानिने घुमुवा सशस्त्र प्रहरी जवान रोशन मिश्रलाई समेत रोजेकै ठाउ पाएका छन । सशस्त्र प्रहरी जवान मिश्र हाल सशस्त्र प्रहरी बेस मरिनमा कार्यरत रहेका छन । जसका कारण सशस्त्र प्रहरी संगठनका प्रमुख आईजीपि राजु अर्याल माथि प्रश्ण उठन थालिएको छ ।
तिन जना हवलदारले दिए राजिनामा
आईजीपि राजु अर्याल संगठन भित्र रहेका घुमुवाहरुमै भेदभाव गर्न थालेपछि तिन जना सशस्त्र प्रहरीका कर्मचारी राजिनामा समेत दिएका छन । सशस्त्र प्रहरी बल नेपाल संगठनमा कार्यरत रहेका सशस्त्र प्रहरी हवलदार आत्माराम पटेल, सशस्त्र प्रहरी बरिष्ट हवलदार मन्तोष सिंह र मनोज पटेल राजिनामा नै दिएका हुन । संगठन भित्र रहेका अधिकांश कर्मचारी माथि दमन र शोसन गर्न थालिएका कारण राजिनामा दिनेहरुको संख्यामा बृद्धि समेत भएको छ ।

Leave A Reply

Your email address will not be published.