Ultimate magazine theme for WordPress.

प्रहरी संगठनको नीति निर्देशन विपरीत कार्य गर्ने प्रहरीलाई कारवाही गरिने प्रहरी उपरीक्षक काफ्लेको चेतावनी

391

बारा, २६ असोज / बाराको सीमा नाकाको साथ साथै जिल्लाको ग्रामिण भेगहरुमा समेत निगरानी बढाउन प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले आफ्नो मातहातका सम्पूर्ण युनिटलाई निर्देशन दिएका छन । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले जिल्लाको सबै युनिटहरुलाई सीमाबाट हुने अवैध कृयाकलापको नियन्त्रण र ग्रामिण भेगहरुमा समेत निगरानी बढाउन निर्देशन दिएका हुन ।
हिन्दुहरुको महान पर्ब बडा दशैं पर्बमा बिभिन्न ठाउहरुमा लाग्ने मेलाहरुमा कुनै अप्रिय घटना हुन नदिन मन्सायले जिल्ला प्रहरी कार्यालयबाट समेत थप टोली परिचालन गरिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । उहाले यस अनलाइन संग कुरा गर्दै जिल्लामा शान्ति सुरक्षाको निम्ति सादा पोशाक र पोशाकधारी प्रहरीलाई खटाइएको बताउनु भयो ।
बडा दशैंको उपलक्ष्यमा लाग्ने मेला, भवानी लगायतका ठाउहरुको साथ साथै सीमा नाकाहरुमा समेत निगरानी बढाउन सबै युनिटहरुलाई निर्देशन दिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनु भयो । उहाले प्रहरी संगठनको नीति निर्देशन विपरीत कार्य गर्ने जोकोही प्रहरीलाई कानुनी कारवाही गर्नबाट पछि नहट्ने आश्वासन समेत दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बारामा आएको एक महिना भित्र ५ करोड भन्दा बढीको अवैध तरिकाले नेपाल भित्रिएका मालसमानहरु पक्राउ गरी भन्सार दाखिला गरेको समेत उनले बताए । उनका अनुसार चोरी तस्करी गर्ने गिरोह संग आफ्नो कुनै किसिमको साटघाट नरहेको र राख्न पनि नचाहेको उनले दावी गरे । चोरी तस्करी गर्ने गिरोह संग आफ्नो मातहातमा पर्ने कुनै युनिटले साटघाट गरेको प्रमाण भेटिए निलम्बनसम्मको कारवाहीबाट पछि नहट्ने प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले चेतावनी दिएका छन ।

Leave A Reply

Your email address will not be published.