Ultimate magazine theme for WordPress.

दशैंको मुखमा अलौ नाका तस्करहरुका लागी ट्रान्जिट प्वाइन्ट बन्दै

210

पर्सा, २६ असोज / पर्सा जिल्लाको अलौ नाका, दशैंको मुखमा तस्करहरुका लागी ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ग्रिन सिग्नल पाउनसाथ सीमाबाट अवैध रुपले आयात तथा निर्यात गर्ने तस्कर समुहहरुका लागी अलौ नाका ट्रान्जिट प्वाइन्ट बन्दै गएको हो ।
अलौ नाकाबाट दिनहु करोडौको मालसमान अवैध रुपले आयात निर्यात हुने गरेपनि सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी मुखदर्शक मात्र बनेका छैन्न, अवैध रुपले आयात तथा निर्यात हुने मालसमानको स्कटीङ समेत गर्ने गरेको प्रहरी श्रोत नै बताउछन । उनका अनुसार माथिल्लो निकायसम्म सेन्डिगेट मिले पश्चात सीमामा खटिएका प्रहरी बाध्य भएरपनि मालसमानको स्कटीङ गर्नु पर्ने बाध्यता रहेको दुखेसो पोखे ।
दिनभर सुनशान देखिने अलौ नाका रातिको समयमा तस्करहरुको लस्करै लाग्ने गरेको स्थानीय बताउछन । स्थानीयका अनुसार प्रहरीको ग्रिन सिग्नल पाए पश्चात तस्करहरुको लस्करकय कारण रातभरी सुत्न समेत नसकेको दुखेसो पोखे । एक जना, दुई जना तस्कर मात्र नभई अलौ नाकाबाट दिनहु दर्जनौ तस्करहरु आफ्नो अवैध काम सुचारु राखेको, उनले दावी गरे । अलौ नाका हुदै कवाड, कपडा, काजु, मटर, हार्डवेयर, एलसिडि लगायतका कामहरु हुने गरेको पाइएको छ । स्थानीय प्रहरी चौकी र बोर्डर आउट पोष्ट मात्र नभई माथिल्लो निकायसम्म तस्करीको रकम पुगे पश्चात यस्तो तरिकाको तस्करी कार्य सुचारु हुन सक्ने अनुमान स्थानीयहरुको रहेको छ ।

Leave A Reply

Your email address will not be published.