Ultimate magazine theme for WordPress.

एसपी कर्मचार्य रकममा लिप्त, तस्करहरुको सम्राज्यले गन्हायो सीमा नाका

1,704

पर्सा, १ कात्तिक / पर्साको सीमा नाकाहरुबाट खुल्याम तस्करी धन्दा मौलाउदै गएपनि सशस्त्र प्रहरीका माथिल्लो निकायहरु रकममा लिप्त भई मौन धारण नै गरेको पाइन्छ । सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले संगठनको नीति निर्देशन विपरीत कार्य गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताइरहेकै बेला पर्सा जिल्लाका सीमा नाकाहरुबाट खुल्याम तस्करी धन्दा मौलाउदै गएको पाइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य, आर्थिक प्रलोभनमा परेकै कारण पर्सा जिल्लाको सीमा नाकाहरुबाट तस्करी धन्दा मौलाउदै गएको बुझिन्छ । पर्साको ग्रामिण भेगमा पर्ने सुवर्णपुर, ठोरी, जानकीटोला, भिष्वा, आसवारी, मिर्जापुर, अमरपटी, अलौ लगायतका ठाउहरुबाट सयौं तस्करहरुका समुहले तस्करी धन्दालाई तिब्रता दिएको पाइन्छ । तस्करी निराकरण अर्थात तस्करी नियन्त्रण गर्ने अभियान नै चलाएको दावी गर्ने सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्यले खाने दात अर्कै देखाउने दात अर्कै कहावत झै प्रमाणित भएका छन ।
पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने जानकीटोला अर्थात बोर्डर आउट पोष्ट भिखमपुरको नाका हुदै दिनहु एक सय भन्दा बढी भैंसी र पाडाहरु अवैध रुपले नेपाल भित्रिने गरेपनि सीमा नाकामा खटिएका सशस्त्र प्रहरी मुखदर्शक नै बनेको पाइन्छ । अब कुरा उठ्छ, सीमा नाकामा खटिएका सशस्त्र प्रहरी आखिर तस्करीका भैंसी र पाडाहरु नियन्त्रण किन गर्न सकेका छैन्न ?
आर्थिक प्रलोभनमा परेका सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरु माथिल्लो निकायकै आदेशले रांगा, भैसी नियन्त्रणमा लिन नसकेको प्रष्टै बुझिन सकिन्छ । नेपालमा राजनीति गर्ने उच्च अवधाका राजनीतिकर्मीहरुको इशारा र छत्रछाया पाएरै भारतीय कुख्यात तस्कर माहादेव भनिनेले तस्करी धन्दाको लाइन नै पाएका छन । नेपालमा राजनीति गर्नेहरुकै छत्रछाया पाएकै कारण सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्यले निर्वाध रुपले तस्करी धन्दा गर्नेहरु संग सहकार्य गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।
यता सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले तस्करी धन्दा नियन्त्रण गर्न नेताहरु झै ठुला ठुला भाषण गरेपनि पर्सा जिल्लाबाट हुने गरेको अवैध तस्करी धन्दालाई नियन्त्रण गर्न नसक्नुले संगठनको नीति निर्देशन माथि नै प्रश्ण चिन्ह खडा भएको छ । तसर्थ ः यस बिषयमा नेपाल सरकारको गृह मन्त्रालय र सशस्त्र प्रहरी संगठनका प्रमुख आईजीपि राजु अर्यालको ध्यान पुग्न अवाश्यक रहेको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.