Ultimate magazine theme for WordPress.

बाराको बलिरामपुर नाका हुदै करोडौको कपडा तथा बिष्फोटक समाग्री भित्रियो, स्थानीय प्रहरी रकममा लिप्त

1,027

बारा, २५ असोज / बाराको बलिरामपुर नाका हुदै एक हप्ता भित्र करोडौ मुल्य पर्ने कपडा तथा बिष्फोटक समाग्री नेपाल भित्रिएको खबर प्राप्त हुन आएको छ । सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा करिब ५ करोड भन्दा बढी मुल्य बराबर पर्ने कपडा तथा बिष्फोटक समाग्री (पटका) नेपाल भित्रिएको खबर प्राप्त हुन आएको हो ।
शान्ति सुरक्षाका साथै सीमा निगरानीको जिम्मेवारी पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको साटघाट मिले पश्चात तस्कर समुहले कपडाको नाउमा बिष्फोटक समाग्री (पटका) समेत भित्रयाउने गरेको पाइएको छ । एक जना भारतीय नागरिकका अनुसार रातिको समयमा तस्कर समुहका मुख्य नाइकेहरु प्रहरीकै ग्रिन सिग्नल पाए पश्चात कपडा र बिष्फोटक समाग्री अर्थात पटका नेपाल भित्रयाउने गरेको बताए । कपडा तस्करीको लागी मासिक रुपमै लाखौ रुपैया नजराना बुझेका स्थानीय प्रहरी चौकी तथा सशस्त्र प्रहरी बेश बलिरामपुरका कर्मचारीहरुलाई जानकारी नै नगराई पटका भित्रयाउने गरेको उनले बताए ।
प्रहरी चौकी बलिरामपुर मुसहर्वाका प्रहरी नायब निरीक्षक बसन्त थापा र बोर्डर आउट पोष्ट बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिपक थापाले मासिक रुपमै ठुला वडा तस्करहरु संग रकम बुझे पश्चात तस्करीको लाइन दिइएको बुझिन्छ । बलिरामपुर नाका हुदै नेपाल अवैध रुपले भित्रिएको कपडा र पटका मुलुकको बिभिन्न ठाउहरुमा ट्रान्सपोर्ट कै माध्यमले पुग्ने गरेको छ । बलिरामपुर नाका हुदै अनहोति, सुरेन्द्र, सकिल, जयलाल, भुठा, शेखावत, मदन, छोटेलाल भनिने दर्जनौ ठुला वडा तस्कर तस्करी गर्न सकृय रहेका छन ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बाराका सम्पूर्ण युनिटहरुलाई कडा रुपले निगरानी बढाउन निर्देशन दिएपनि प्रहरी नायब उपरीक्षक दभिराम न्योपानेकै आदेश र छत्रछाया पाए पश्चात प्रहरी नायब निरीक्षक बसन्त थापाले तस्करीको लाइन खोलिएको प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार माथिल्लो निकायकै छत्रछाया पाए पश्चात प्रहरी नायब निरीक्षक थापाले तस्करीको लाइन रोक्न नसकेको बताए ।
प्रहरी संगठनकै नीति निर्देशनलाई लत्याउदै तस्करहरुलाई ग्रिन सिग्नल दिने र तस्करीका लाइन दिने प्रहरीहरु माथि कारवाही हुने हो कि होइन हेर्न बाकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.