Ultimate magazine theme for WordPress.

पर्साको ग्रामिण नाका हुदै फस्टायो तस्करी, प्रहरी प्रशासन दशै खर्च उठाउनमा व्यस्त

392

पर्सा, २५ असोज / पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने भिष्वा नाका हुदै ब्यापक रुपमा तस्करी बढेपनि स्थानीय प्रहरी प्रशासन तस्कर संजालका मुख्य नाइकेहरु संग दशै खर्च निकाल्न ब्यस्त रहेको पाइन्छ । भिष्वा नाकाबाट रकम उठाएर माथिल्लो निकायसम्म पुरयाउने हम्मे हम्मे परेका कारण भिष्वाका कुख्यात तस्करहरु संग दशैंको नाममा रकम उठाएर तस्करीको लाइन खुल्ला गरिएको पाइएको हो ।
भिष्वा नाका हुदै दर्जनौ तस्करहरु अवैध रुपले चोरी पैठारी गर्दै तस्करी कार्य सुचारु राखेपनि स्थानीय प्रहरी प्रशासन लाचार नै बनेको स्थानीय प्रहरी श्रोतले जनाएको छ । प्रहरी श्रोतका अनुसार भिष्वा नाका हुदै कुख्यात तस्कर मुन्ना, शशिकान्त, लडडु, पप्पु लगायत ५ जना ठुला वडा तस्करहरु अवैध रुपले मालसमान प्रहरीकै संरक्षणमा नेपालबाट भारत र भारतबाट नेपाल आयात निर्यात गर्न सफल भएको बताए । उनका अनुसार माथिल्लो निकायसम्म तस्करीको रकम पुगे पश्चात ठुला बडा तस्करहरु निर्धक्क रुपले आफ्नो अनैतिक कार्य सुचारु राखेको बताए ।
प्रहरी चौकी भिष्वाका प्रमुख बरिष्ट प्रहरी नायब निरीक्षक रुद्र भठ्ठ ठुला बडा तस्कर संगठनका मुख्य नाइके मानिनेहरु संग ३ देखि ५ लाखसम्म बुझेको श्रोतको दावी रहेको छ । भारतबाट मटर, चिनि, प्याज, काजु र कपडाको आयात र नेपालबाट भारततर्फ चाइनिज स्याउ, कवाड र मदिराको लाइन दिएको उनको दावी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहीले जिल्लाको सीमा नाकाबाट हुने चोरी तस्करी नियन्त्रण गर्नुको साथै हिन्दुहरुको महान चाडपर्ब दशैंको समयमा निगरानी बढाउन निर्देशन दिएपनि स्थानीय प्रहरी चौकीका प्रमुखहरु दशैं खर्च निकाल्न तस्करका मुख्य नाइकेहरु संग साटघाट गर्ने गरेको प्रष्ट भएको छ । आफ्नै संगठनको नीति निर्देशनलाई बेवास्ता गर्दै तस्करीको लाइन दिने गरेको प्रति प्रहरी उपरीक्षक कोमल शाहीले ध्यान पुरयाउने हुन की ? हेर्न बाकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.