Ultimate magazine theme for WordPress.

५ वटा फाटमा २५ जना कार्यालय सहयोगि, कर्मचारीको तलवबाट पनि रूकेन प्रशासकीय अधिकृतको कमिसन

1,086

बारा, २४ असोज / बाराको बिश्रामपुर गाउपालिकामा ५ वटा फाटमा २५ जना कार्यालय सहयोगी राखिएको खबर प्राप्त भएको छ । बिचौलिया र दलालको माध्यमले बिश्रामपुर गाउपालिका भित्र मात्रै ५ वटा फाटमा २५ जना कर्मचारीलाइ भर्ना गरिएको खबर प्राप्त हुन आएको हो । बिश्रामपुर गाउपालिकाका अध्यक्ष जुबिकार अलि भुठ्ठो र प्रशासाकिय अधिकृत सुधम लामिछानेको भागबन्डा मिले पश्चात् एउटै पालिकाको ५ वटा फाटमा २५ जना कर्मचारी राखिएको कर्मचारीहरू नै बताउछन । त्यति मात्र नभइ पूरानो ११ जना नगर प्रहरीलाई हटाएर आर्थिक चलखेलको अधारमा नया नगर प्रहरी नियुक्त गरिएको समेत कर्मचारीहरू बताउछन । आर्थिक भागबन्डाको अधारमा बिश्रामपुर गाउपालिका संचालन रहेको मात्र छैन, शिक्षा शाखा, स्वास्थय शाखा, लेखा, मेयर र उपमेयर लगायतका शाखामा मात्र २५ जना कार्यालय सहयोगी राखिएको समेत उनले बताए । उनका अनुसार कर्मचारीको तलबबाट समेत कमिसन पाउने चलखेल गरेरै नियुक्त गरिएको समेत बताए । बिश्रामपुर गाउपालिकाका अध्यक्ष जुबिकार अलि भुठ्ठो र प्रशासाकिय अधिकृत सुधम लामिछानेको साटघाट र भागबन्डा मिले पश्चात् कर्मचारी नियुक्त गरिने गरिएको ११ जना नगर प्रहरी हटाउने घटनाले प्रष्ट पारेको छ । आफुहरू माथी अध्यक्ष र प्रशासकीय अधिकृत अन्याय गरेको भन्दै उच्च अदालतमा मुद्दा समेत दायर गर्न बाध्य भएको पूराना नगर प्रहरीहरू दुखेसो पोखेका छन । बिश्रामपुर गाउपालिकाका अध्यक्ष भुठ्ठो र प्रशासकीय अधिकृत लामिछानेले नया भर्ना १ सय भन्दा बढी कर्मचारी थपिएपनि काम चाहिँ न्यून देखिएको स्थानीय बताउछन । स्थानीयका अनुसार पालिकाको बजेटबाट मात्र कर्मचारी पाल्ने काम भएको तर बिकासको काम चाहिँ न्यून देखिएको स्थानीय बताउछन । बिकासको काम गराउन भन्दा बढी पालिकाकै कर्मचारी पालन पोशन गर्न बढी रकम खर्चिने गरेको समेत स्थानीयले आरोप लगाए । भ्रष्टाचारको अखडा बनाएका प्रमुख प्रशासकीय अधिकृत सुधम लामिछाने र गाउपालिका अध्यक्ष भुठ्ठो जस्ता भ्रष्टाचारी माथी कारवाही गर्ने कुनै निकाय छ कि छैन हेर्न बाकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.