Ultimate magazine theme for WordPress.

भुमाफियाको गिद्दे नजरमा गौरको राइस मिल

104

मेवालाल यादव
रौतहट, २२ असोज / रौतहट जिल्लाको एक मात्र धरोहर गौर राइस मिलको जग्गा भुमाफियाले गर्दा अधिग्रहण हुन नसकेको आरोप लाग्न थालिएको छ । पटक पटक राजनीति एजेन्डा बन्दै आएको गौर राइस मिलको जग्गा हालको समयमा भुमाफियाकै कारण अधिग्रहण हुन नसकेको आरोप लागेको हो ।
लामो समयदेखि राइस मिल एवं फ्लोर उद्योगको नाउमा रहेको करीब ६ बिघा जग्गा गौर नगरपालिकाको नाउमा अधिग्रहण गराउने प्रयास गरिएपनि हालसम्म सम्बन्धीत निकायको मौनताले सफलता पाउन नसकेको स्थानीय बिक्रान्त बिक्रम नेपालले बताउनु भयो । उहाले तिन तहकै निर्वाचनको समयमा गौर राइस मिलको जग्गा अधिग्रहण गराउने आश्वासन दिए पश्चात निर्वाचित हुने तर भुमाफियाकै गिद्दे नजरको कारण निर्वाचित मेयर सांसदहरु मौन धारण गर्ने गरेको उनले बताए । पटक पटक प्रदेश स्तरीय, स्थानीय तहबाट रकम बिनियोजन भएपनि हालसम्म अधिग्रहण नहुनुले प्रश्णको बिषय बनेको छ ।
गौरको बीच भागमा रहेको सो जग्गा खेलकुद तथा सभा सेमिनारको लागि सार्वजानिक गरिनु पर्ने उदेश्यले अधिग्रहणको प्रक्रिया अगाडि बढाइए पनि अधिग्रहण हुन नसकिएको गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय गुप्ताले बताउनु भयो । भू माफियाको समूहले राइस मिलको जग्गा विक्री गर्ने चलखेल शुरू गरेपछि गौर नगरपालिकाका तत्कालीन नगर प्रमुख गुप्ताले जग्गा अधिग्रहणका प्रक्रिया अगाडि बढाएको बताए । मूल्यांकन अनुसार १६ करोड अनुमान गरिएको सो राइस मिलको जग्गा अधिग्रहणको लागि नगरपालिकाले ९० लाख रकम तथा तत्कालीन मुख्यमन्त्री महम्द लालबाबु राउत गद्दी नेतृत्वको मधेश प्रदेश सरकारले रेड बुकमा १५ करोड रुपैया विनियोजन गरेको भएपनि राइस मिलको जग्गा अधिग्रहण हुन नसकेको पुर्व नगर प्रमुख अजय गुप्ताले बताए ।
बाजारको बीच भागमा जग्गा रहेकोले दैवी प्रकोप आएको बेला सुरक्षित स्थानको रुपमा लिनुको साथै खेलकुदको लागि पनि उपयोगी रहेको छ । अधिग्रहणमा ढिलाइ भए पनि भइरहेको अतिक्रमणबाट जोगाउने तर्फ गौर नगरपालिकाले ध्यान दिन जरुरी रहेको छ ।

Leave A Reply

Your email address will not be published.