Ultimate magazine theme for WordPress.

जनता भन्दा पार्टी ठुलो नरहेको: स्वतन्त्र उम्मेदवार पटेल

92

पर्सा, ११ कात्तिक / मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएका सुधिर पटेल जनतामाझ पुगेर आफ्नो पक्षमा मतदान गर्न अपिल गरिरहेका छन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट प्रदेश सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेललाई बिगतको कार्यशैली निहाल्दै जनतामाझ लोकप्रिय बन्दै गएका हुन ।
घरदैलो कार्यक्रममा रहेका स्वतन्त्र उम्मेदवार सुधिर पटेलले यस अनलाइन संग कुरा गर्दै आफु बिधार्थी कार्यकालदेखी नै राजनीति पेशामा लागेको बताउनु भयो । आफ्नो क्षेत्रका साथ साथै पर्सेली जनताको लागि अहोरात्र खटेर भएपनि सेवा गर्दै आएको, उनले बताए । उनका अनुसार पहिलो चोटी चुनाव लडेपनि अगामी दिनदेखी नै जनता माझ समर्पित भई जनताको सेवा गर्दै आएको दावी गरे । पर्सा जिल्लाको क्षेत्र नम्बर १ का जनताको मन मनमा बस्न सफल भएको र मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनताले चाहे अवश्य नै जित हासिल गर्ने बताउनु भयो ।
स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलले जनता भन्दा पार्टी ठुलो नरहेको कारण आफ्नो उम्मेदवारी स्वतन्त्रैबाटै दिएको बताउनु भयो । बिधार्थी कार्यकालदेखी नै राजनीति पेशामा लागेको कारण पनि जनता माझ लोकप्रिय बन्न सफल भएको बताउनु भयो । उहाले वीरगंजको विकासको लागि आफ्नो अवाज जहिलेपनि बुलन्द राख्ने गरेको समेत जिकिर गरे ।
मधेसी जनतालाई आफ्नो पौकेटको भोट झै प्रयोग गरी ब्रम्हलुट मचाएका राजनेताहरुले गर्दै आएको भ्रष्टाचारको बिरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भयो । उहाले आफ्नो जित, जनताको जित झै ठानी घरदैलो कार्यक्रमलाई तिब्रता दिएको बताउनु भयो । वीरगंजमा बसी जनताको सुख दुखमा जहिलेपनि काम गर्दै आएको र जहिलेपनि गरिनै रहने वाचा संगै मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरिरहेका हुन । स्वतन्त्र उम्मेदवार सुधिर पटेलले गठबन्धनको नाममा जनतालाई ठग्ने काम मात्र भएको बताउनु भयो ।
आफ्नो सत्ता र कुर्सीको लागि गठबन्धन गर्दै नेताहरु फेरी पनि जनता माझ आएको बताउनु भयो । जनता माझ पुग्दै बिभिन्न किसिमको आश्वासन दिएर निर्वाचित हुने गरेका र निर्वाचन पश्चात जनताको लागि केही गर्न नसकेका नेताहरुलाई पनि जनताले पहिचान गर्न अवाश्यक रहेको बताउनु भयो । उहाले हिन्दुहरुको महान चाड छठ पर्बमा समेत श्रीसिया नदीको प्रदुषण पानीमा रोक लगाउन नसक्नुले दुर्भाग्यको कुरो रहेको बताउनु भयो । उद्योगहरुबाट निस्केको प्रदुषण पानीका कारण छठ पर्ब गर्ने ब्रतालुहरुमा समेत समस्या थपिएको बताउनु भयो ।
निर्वाचनको समयमा प्रमुख एजेण्डा बन्दै आएको श्रीसिया नदीको बिषयमा हालसम्म कुनै निर्वाचित नेताहरुले पहल नगरेकै कारण समस्या समाधान हुन नसकेको जिकिर गरे । निर्वाचित हुने जनताको मतले तर निर्वाचित नेताहरु उद्योगपतिको इशारामा हिड्न थालेपछि श्रीसिया नदीको प्रदुषित पानीलाई नियन्त्रण गर्न नसकिएको आरोप लगाउनु भयो ।
यता वीरगंज महानगरपालिका वडा नम्बर १८ का जनताहरुले मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा स्वतन्त्र युवा नेता सुधिर पटेलकै पक्षमा मतदान गर्ने जनाएका छन । युवाहरुको भविष्य युवाहरुकै हातमा रहेको बताउदै यसपालिको निर्वाचनमा क्षेत्र नम्बर १ को (क)बाट प्रदेश सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलकै पक्षमा मतदान गर्ने युवाहरुले बताएका छन ।
बिहिवार सबैठवा र शुक्रवार सुखचैना पुगेका सुधिरलाई मतदाताहरुले भव्य स्वागत गर्नुका साथै अहिलेको परिस्थितीमा परिवर्तन अपरिहार्य रहेको बताउंदै आउने निर्वाचनमा रिक्सा छापमै मतदान गर्ने आश्वासन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.