Ultimate magazine theme for WordPress.

जसपा पार्टी परित्याग गर्नेको संख्यामा बढोत्तरी

63

पर्सा, ११ कात्तिक / जनता समाजवादी पार्टीका नेता आफ्नो पार्टी र मधेसी जनता प्रति वफादार नरहेको भन्दै पार्टी परित्याग गर्नेको संख्यामा बढोत्तरी भएको देखिन्छ । मधेसी दल भनेर चिनिएको जनता समाजवादी पार्टीका नेताहरु आफ्नो कुरामा अडिग रहन नसकेपछि पार्टीका कार्यकर्ताहरु परित्याग गर्दै बिभिन्न पार्टीमा प्रवेश गर्नेको संख्यामा बढोत्तरी भएको देखिएको हो ।
जसपाले नेकपा एमालेसंग चुनावी गठबनधन गरेको प्रति असन्तुष्टि जनाउदै शुक्रवार वीरगंजमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरु पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन । वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा पूर्बसांसद अनिल रुंगटा र पर्सा १ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मीको पहलमा जसपाका नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् । प्रवेश हुने मा मकबुल देवान,वडा २ जसपाका भोला देवान, जसपाबाट बिरगंज महानगर पालिका वडा ५ का पुर्व वडा सदस्य सुरज कुमी, रानीघाट निवासी शयाम बर्नवाल लगायतका युवा नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
बिगत लामो समयदेखी पार्टीको सदस्य बनि काम गर्दै आएको तर पार्टीले मधेसी जनताको हकहितमा काम नगरेको कारण आफुहरु पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको दुखेसो पोखे । जसपा पार्टी आफ्नो सत्ता र स्वार्थको लोभमा परेको आरोप लगाउदै मधेसी जनताको लासमा राजनीति गर्ने पार्टी आफुहरुलाई स्वीकार नहुने बताउदै नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए ।

Leave A Reply

Your email address will not be published.