Ultimate magazine theme for WordPress.

निर्वाचन आचार संहिताको उल्लंघन गर्दै जसपाले गरे लुगा बितरण

60

पर्सा, ११ कात्तिक / निर्वाचनको मुखमा जनता समाजवादी पार्टीका नेताहरुले निर्वाचन अचार सहिताको उल्लंघन गर्दै साडी वितरण गरेको रहस्य उजागर भएको छ । निर्वाचनको मुखमा जनता समाजवादी पार्टीका नेता तथा क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार प्रदिप यादवले स्थानीय वडा अध्यक्षको माध्यमले लुगा वितरण गर्ने गरेको रहस्य उजागर भएको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा टोलमा अचार सहिताको उल्लंघन गर्दै स्थानीय वडा अध्यक्ष पशुराम चौरसियाको माध्यमले घर घरमा लुगा वितरण गर्ने गरेको पाइएको छ । सम्पन्न स्थानीय तहको निर्वाचनमा पशुराम चौरसिया जनता समाजवादी पार्टीबाटै वडा नं. १६ का वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । अचार सहिता उल्लंघन हुने र मिडियाको त्रासले क्षेत्र नम्बर १ का उम्मेदवार प्रदिप यादवले लुगा बाड्ने माध्यम स्थानीय जनप्रतिधिलाई नै रोजेको बारे यस भिडियोले प्रमाणित गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारहरुको पक्षमा मतदातालाई आकर्षित गर्न पशुराम चौरसियाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा साडी वितरण गरेको बुझिएको छ । छठको बहानामा साडी बाडेपनि मुख्य उदेश्य प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा प्रदिप यादवको पक्षमा मतदान गर्नको निम्ति आकर्षण गर्ने गरेको रहस्य उजागर भएको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष पशुराम चौरसियाले नगवाको घरघरमै पुगि साडी बितरण गरिएको भिडियो क्लिप फेला परेको छ । तरपनि निर्वाचन आचार संहिता विपरित उनले साडी बाड्दा पनि निर्वाचन आयोग भने मुखदर्शक बनेर बसको पाइन्छ ।

Leave A Reply

Your email address will not be published.