Ultimate magazine theme for WordPress.

स्थानिय जनता र जन प्रतिनिधिले सहयोग गरे बारा जिल्लालाई अपराध तथा तस्कर मुक्त जिल्ला बनाउन सकिने : प्रहरी उपरीक्षक पगेनी

382

उमेश दुबे
बारा, १ फाल्गुन ÷ नेपाल र भारतको खुल्ला सीमाका कारण चुनौतीको रुपमा रहेको बारा जिल्लालाई शान्ति सुरक्षा प्रदान गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताउनु भएको छ । उहाले यस अनलाइन संग कुरा गर्दै शान्ति सुरक्षा प्रहरीको पहिलो प्राथमिक्ता भएकोले बारा प्रहरी लागि परेको उहाँले ठोकुवा गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पगेनीले अबका दिनहरुमा बरेली जनताले शान्ति सुरक्षा महसुस गर्ने अटुट बिश्वासका साथ शान्ति सुरक्षा कायम गर्ने तर्फ आफु लगायत बारा प्रहरी लागिपरेको बताउनु भयो । उहाले प्रहरीले मात्र चाहेर केही सम्भव नरहेकोले स्थानिय जनता, जनप्रतिनिधि लगायतले प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनु भयो । स्थानिय जनता र जनप्रतिनिधिले प्रहरीलाई सहयोग गरे बारा जिल्लाबाट अपराधी क्रियाकलाप गर्ने तथा तस्कर संगठनहरुलाई तह लगाउन सकिने प्रहरी उपरीक्षक पगेनीले दावी गर्नुभयो ।
बारा जिल्लाको बिभिन्न ठाउहरुमा अपराधी क्रियाकलाप गरी फरार सूचिमा रहेकाहरु मथि समेत निगरानी गरिरहेको प्रहरी उपरीक्षक कृष्ण पगेनीले जानकारी दिनुभयो । आफ्नो संगठन प्रति बारा प्रहरी इमन्दार रहेको र यसको फल स्वरुप अगामी आउने दिनहरुको कार्यबाट प्रस्ट हुने बताउनु भयो । नेपाल र भारतको खुल्ला सीमाको फाइदा उठाउदै केही तस्कर संगठनका मुख्य नाइकेहरु सक्रिय भएकै बेला जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक कृष्ण पगेनीको आग्मन संगै तस्कर संगठनहरुमा खैलाबैला मच्चिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी प्रमुख कृष्ण पगेनीको आगमन संगै सीमाबाट हुने अवैध क्रियाकलाप र अपराधी क्रियाकलापमा संलग्न अपराधीहरु पलायन हुन थालेका छन् । अपराधी र तस्करहरुको जालो तोड्ने मनसायका साथ जिल्ला प्रहरी प्रमुखमा आउनु भएका प्रहरी उपरीक्षक पगेनीको नामले तस्कर संगठन र अपराधी क्रियाकलाप गर्नेहरुमा भुकम्प मच्चीएको बुझिन्छ ।

Leave A Reply

Your email address will not be published.