Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बलद्वारा भैसिदेखि लागू औषधसम्म बरामद

147

उमेश दुबे
पर्सा,२ फाल्गुन / पर्साको ग्रामीण क्षेत्रहरूबाट बढ्दै गएको तस्करी माथी सशस्त्र प्रहरी बलले निगरानी गर्न थालिएको छ । खुल्ला सीमाको फाइदा उठाउदै तस्करहरू सक्रिय हुन थालेपछी सशस्त्र प्रहरी बलको निगरानीले भैसीदेखि लागु औषधसम्म पक्राउ हुन थालिएको छ ।
पर्साको ग्रामिण क्षेत्रमा पर्ने भिस्वा नाका हुँदै तस्करहरू सक्रिय हुन थालेपछी बोर्डर आउट पोस्ट भिस्वा बन्जारीले निगरानी बढाउनसाथ धमाधम मालसमान पक्राउ गरिन थालिएको बताइन्छ । भारतबाट अबैध तरिकाले नेपाल भित्रिरहेको १६ वटा भैंसी सहित २ जना तस्करलाइ पक्राउ गर्नुको साथै नेपालबाट भारततर्फ लग्दै गरेको अवस्थामा लागू औषध चरेस समेत बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीले बताउनु भयो । उहाले आफ्नै नेतृत्वमा खटिएको टोलिले बुधबार राती पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ भलुवहियाबाट १६ वटा भैंसी र दुई जना तस्करलाइ पक्राउ गरिएको बताउनु भयो । तस्कर समूहले भलुवहिया नाकालाइ प्रयोग गरिरहेको सूचनाको अधारमा सशस्त्र प्रहरी नायब निरीक्षक ईन्द्रनारायण चौधरीको नेतृत्वमा रहेको टोलीले ३ किलो २ सय ग्राम लागू औषध चरेस समेत बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीले जानकारी दिनुभयो ।
नेपाल र भारत खुल्ला सीमाका कारण सशस्त्र प्रहरी बललाइ चुनौती थपिए पनि चुनौतीको सामना गर्दै २४ औ घन्टा दसगजामा आफ्नो टोलि तैनाथ गरेको सशस्त्र प्रहरी निरीक्षक पराजुलीले दाबी गर्नु भयो । पक्राउ गरिएको १६ वटा भैंसीलाई अवाश्यक कारवाहीको लागि भन्सार दाखिला गर्नुको साथै बरामद गरिएको लागू औषध चरेसलाइ इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक पराजुलीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.