Ultimate magazine theme for WordPress.

बारा प्रहरीको सक्रियता : लागु औषध सहित २ जना भारतीय नागरिक बारा प्रहरीको फान्दामा

158

उमेश दुबे
बारा, १ फाल्गुन ÷ नेपाल र भारतको सीमाहरुमा प्रहरीको सक्रियता बढनसाथ लागु औषध सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा बारा प्रहरीले लागु औषध सहित २ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
बुधवार साझ करिब ७ बजेको समयमा भारतबाट नेपाल भित्रिरहेको बिशेष सूचना पाउनसाथ प्रहरी चौकी मटीअर्वाबाट प्रहरी नायब निरीक्षक लक्ष्मण पाठकको कमाण्डमा खटिएको प्रहरी टोलीले लागु औषध सहित २ जना भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको बारा प्रहरीले जनाएको छ । कलैया—मटिअर्वा सडक खण्डबाट दुई जना भारतीय नागकिर पक्राउ परेको प्रहरीले जनाएको छ । भारत बिहार जिल्ला मोतिहारी थाना हरसिद्धि पोष्ट मुरारपुर ग्राम पंचायत मुरारपुर वडा नम्बर ४ बस्ने दिनेश्वर रातको २१ ब्र्षिय छोरा चन्दन कुमार र भारत बिहार जिल्ला मोतिहारी थाना रामसिंह छतौनी वडा नम्बर ३ बस्ने मेवालाल साह तेलीको २४ बर्षिय छोरा मुकेश साह तेलीलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
भारतको आदापुरतर्फबाट कलैयाको लागि आउदै गरेको ना.२ ह ३६१४ नम्बरको अटोमा लागु औषध राखिएको अवस्थामा बरामद भएको बारा प्रहरीले जनाएको छ । उनिहरुको साथबाट ७÷७ पोका गरी जम्मा १४ पोका जम्मा २१ सय पिस नर्फिन, फेनारगन, डाइजोपाम बरामद गरिएको प्रहरीले बताएको छ । बुधवार साझ लागु औषध सहित पक्राउ परेका भारतीय नागरिकलाई आज बारा प्रहरीले सार्वजनिक गरेको छ ।

Leave A Reply

Your email address will not be published.