Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बारालाई आर्थिक मोह

298

बारा, १० बैशाख / सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिंहको आर्थिक मोहका कारण सीमाबाट हुने अवैध कृयाकलाप सुचारु गर्न बाध्य भइएको सीमामा खटिएका सशस्त्र प्रहरीकै कर्मचारी बताउछन । सीमाबाट हुने अवैध कृयाकलाप केहि दिनदेखी बन्द रहेपनि सशस्त्र प्रहरी उपरीक्षक सिंहको आर्थिक मोहका कारण नेपाल र भारतको सीमामा खटिने सशस्त्र प्रहरीका कर्मचारी अवैध कृयाकलाप गर्न गराउन बाध्य पारिएको बताएका हुन ।
बाराको गौलागंज अर्थात सिम्रौणगढ क्षेत्रको नाकाबाट तस्करीको लाइन सुचारु गर्न तस्करका मुख्य नाइकेहरु संगको आर्थिक मोहमा परेकै कारण तस्करीको लाइन खुल्ला गर्ने दवाब आउने गरेको एक सशस्त्र प्रहरी कर्मचारी बताउछन । रौतहटको बंकुल नाकाबाट हुने गरेको तस्करीका लाइन नेपाल प्रहरी र सशस्त्र प्रहरीले बन्द गराए पश्चात तस्कर गिरोहको गिददे नजर सिम्रौणगढ नाकामा रहेको समेत उनले बताए । स्थानीय युनिटले तस्करी गराउन नमानेपछि तस्करका गिरोह सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणमै पुगी कुरा मिलाए पश्चात दवाब आउन सुरु भएको उनले दावी गरे ।
एक जना अर्का सशस्त्र प्रहरी कर्मचारीका अनु्सार भर्खरै एक हप्ता अगाडी जिल्ला प्रहरी कार्यालय बारामा आउनु भएका नया एसपी साबले शान्ति सुरक्षाको साथै सीमाबाट हुने अवैध कृयाकलापमा निगरानी बढाउन निर्देशन दिएकोले तस्करीको कार्य सुचारु हुन नसकेको बताए । उनका अनुसार गोलागंज अर्थात सिम्रौणगढ क्षेत्रको नाकाहरुबाट ठुला वडा तस्करीको लाइन चल्न नपाएपनि साना तस्करहरुको काम चलिरहेको स्विकारे । साइकल र मोटरसाइकलबाट हुने कामहरु भइरहेको तर पिकअपको माध्यमले हाल तस्करीको लाइन चल्न नसकेको उनले दावी गरे । सशस्त्र प्रहरी बल नेपाल संगठनको साना दर्जाका कर्मचारी रहेकोले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा उनले बताए ।
सिम्रौणगढ नगरपालिका वडा नम्बर १ निवासी राहुलका अनुसार साइकल, मोटरसाइकलको माध्यमले कपडा र काजुको आयातमा बृद्धि भएको बताए । दिनभरी सुनशान देखिने सिम्रौणगढ नाकामा रातिको समय तस्करहरुको लस्कर नै लाग्ने गरेको दुखेसो पोखे । उनका अनुसार नेपाल प्रहरीको गस्ति टोली गर्ने बेलामा केहि समय मात्र तस्करीको लाइन बन्द हुने गरेको तर २४ औ घण्टा ड्यूटी गरिरहेको सशस्त्र प्रहरीको अगाडीबाटै तस्करी गर्ने समुहहरु साइकल र मोटरसाइकलको माध्यमले कपडा र काजुको तस्करी गर्न सकृय रहने गरेको समेत उनले दावी गरे ।
यता इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रहरी प्रमुख प्रहरी निरीक्षक नविन राईका अनुसार शान्ति सुरक्षामा चुनौती थपिएकोले भित्रि भेगहरुका साथै सीमा नाकामा समेत निगरानी बढाएको बताए । उनले इलाका प्रहरी कार्यालय सिम्रौणगढको क्षेत्र ठुलो रहेकोले भित्रि भेगहरुमा बढी मात्रामा प्रहरी परिचालन गर्ने गरेको बताउनु भयो । नेपाल र भारतको सीमा नाकाबाट हुने गरेको तस्करीका मालसमानहरु जफत गरी करिब २० लाख बराबरको नियन्त्रणमा लिई अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा दाखिला गरेको प्रहरी निरीक्षक राइले दावी गरे ।

Leave A Reply

Your email address will not be published.