Ultimate magazine theme for WordPress.

रक्षक नै भक्षक, तस्करलाई संरक्षण गर्दै सशस्त्र प्रहरी

283

पर्सा, १७ बैशाख / नेपाल र भारतको प्रमुख प्रवेशद्वारको रुपमा मानिने वीरगंज भन्सार पछाडीबाटै खुल्याम तस्करीको गोरखधन्दा संचालन रहेको पाइन्छ । भारतीय नागरिक तथा कुख्यात तस्करको रुपमा चिनिने मुख्तारले तस्करीको धन्दा संचालनमा ल्याएपनि सशस्त्र प्रहरीले ढाकछोप र संरक्षण गर्दै आएको रहस्य बाहिरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्र्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य र बोर्डर आउट पोष्ट वीरगंजका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक सुरज रिजालले समेत सुचना संकलनको बहानामा मुख्तार नामक तस्करलाई लाइन दिएको व्यापक रुपमा चर्चाको बिषय बनेको छ । एकातिर आफु चोखो सावित गर्न दिनभरी सशस्त्र प्रहरीले वीरगंज भन्सार अगााडी व्यापक रुपमा चेकजाचको कार्य अगाडी बढाएपनि वीरगंज भन्सार पछाडी खेतको आली हुदै ४ जना ठुला वडा तस्करहरुको लाइन नै दिइएको एक भिडियोले प्रमाणित गरेको छ ।
नेपाली तथा भारतीय नागरिक वीरगंज भन्सार अगाडीबाटै आउन र जाने गर्दछन । तर चेकजाचको बहानामा चर्को घाममा लामो समय दिन बिताउन बाध्य पारिने गरेको समेत दुखेसो यात्रीहरुले बताउछन । यात्रीहरुका अनुसार तस्करीका मालसमान पक्राउ नगरी सर्वसधारणलाई दुख दिने मनसायले सशस्त्र प्रहरीले चेकजाच गर्ने गरेको बताउछन । नेपालबाट भारत घरायसी समान खरिद गर्न जादा हुन्डी कारोवारको बाहानामा दुख दिने गरेका हुन्छन भने भारतबाट घरायसी समान खरिद गरेर नेपाल भित्रयाउदा तस्करीको मालसमान भन्दै दुख दिने गरेका हुन्छन भन्दै यात्रीहरुले दुखेसो पोखे । एकातर्फ चर्को घाम, त्यसमा पनि लामवद्ध चेकजाच, अर्कोतर्फ सशस्त्र प्रहरीले मधेसी नेपाली नागरिक संग गर्ने गरेको व्यवहारले आजित भइएको बताउछन, यात्रीहरु ।
मधेसी समुदायलाई नेपाली नागरिक नै नबुझने सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बिभिन्न बहानामा सर्वसधारणलाई दुख र पिडा दिने गरेतापनि तस्करहरुलाई छुट दिनु भनेको सशस्त्र प्रहरी संगठनको नीति दिर्नेशन माथि नै प्रश्ण चिन्ह खडा भएको छ । सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्याललाई एक असल र इमान्दार छबिका कर्मठ योद्धा मानिएपनि उनको छबि माथि दाग अर्थात उनको नाम बदनाम गर्दै वीरगंज भन्सार क्षेत्रमा तान्डव नै मचाइएको पाइन्छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल आफै आईजीपि राजु अर्यालको नजिकको कर्मचारी रहेको बताउदै, कसैले चाहदैमा अथवा समाचार लेख्दैमा केही हुन नसक्ने भन्दै तान्डव मचाएको पाइन्छ ।

Leave A Reply

Your email address will not be published.