Ultimate magazine theme for WordPress.

पर्सामा सशस्त्र प्रहरीको दोधारो नीति

380

पर्सा, ८ बैशाख / सशस्त्र प्रहरी बल नेपालको दोधारो नीति बारे एक घटनाले उजागर पारेको छ । मुलुककै आर्थिक नगरीको रुपमा चिनिने पर्साको वीरगंज वरीपरी सीमा नाकाबाट अवैध तरिकाले नेपाल भित्रिने मालसमान वापत लाखौ रकम उठाउने र भित्रिसकेको मालसमान छापामारी गरी बरामद गर्ने कार्यले सशस्त्र प्रहरी बल नेपालको दोधारो नीति बारे प्रष्ट भएको हो ।
पर्सा जिल्लाको बोर्डर आउट पोेष्ट श्रीसिया नाका हुदै दिनहु करोडौको मालसमान अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइन्छ । सीमा नाकामा तस्करी न्यूनिकरणका साथै तस्करीका मालसमान नियन्त्रण गर्न र सीमा स्तम्भको सुरक्षामा सशस्त्र प्रहरी २४ औ घण्टा ड्यूटी गरिरहेका हुन्छन । तर सशस्त्र प्रहरीकै अगाडी दिन दहाडै तस्करी गर्ने तस्कर गिरोहहरुको लस्करै लाग्ने गरेको भएतापनि केहि आर्थिकको लोभमा मौन बस्ने गरेका हुन्छन ।
सीमा नाकाबाट तस्करका गिरोहहरु समाप्त भएको ठोकुवा गर्दै प्रचारवाजी गर्नमा व्यस्त रहेका सशस्त्र प्रहरी बलको नीति सीमा नाकाबाट कमाउने र नेपाल भित्रिसकेपछि छापामारी गरी काम हेराउनमा पछि हट्दैन्न । जसको जल्दो बल्दो उदहारण बनेको छ शुक्रवार र शनिवारको घटना । तस्करी गर्ने गिरोहहरु वीरगंजको श्रीसिया नाका हुदै नेपाल भित्रयाएको एक करोड भन्दा बढीको मालसमान जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शुक्रवार जफत गर्यो । ठिक त्यो घटनाको २४ घण्टा नबित्दै सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको टोलीले ट्रान्सपोर्टमा छापामारी गरी करिब ७० लाखको मालसमान जफत गर्न सफल भयो ।
अब कुरा उठछ ? तस्करी भइरहेको छैन भने दिनहु वीरगंजबाट करोडौको अवैध समान कसरी बरामद हुदै छ ?
आफुलाई इमान्दार र कर्मठ बताउने सशस्त्र प्रहरीले सीमा नाकामा निगरानी बढाएको झुठा प्रचार प्रसार गराएपनि तस्कर समुहले दिनहु करोडौको मालसमान नेपाल भित्रयाउन सफल भएका छन । वीरगंज अवैध करोवारका लागि ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । सीमा नाकामा निगरानी बढाएको ठोकुवा गर्नेहरु नै अवैध कारोवारमा संलग्न हुन थालेपछि वीरगंजबाट दिनहु करोडौको मालसमान बरामद हुने गरेको अगुवाहरु बताउछन । सशस्त्र प्रहरी संगै वडा प्रहरी कार्यालय बिर्ता, प्रहरी चौकी छपकैया लगायतका कर्मचारीहरुको संरक्षण पाए पश्चात तस्करहरु दिनहु करोडौको मालसमान नेपाल भित्रयाउन सफल भएको समेत अगुवाहरुले बताउछन । सीमा नाकाबाट अवैध तरिकाले नेपाल भित्रयाउनको लागि रकम खाने र भित्रिसकेको मालसमान जफत गरी काम देखाउने गरेको सशस्त्र प्रहरीकै कर्मचारीले आफ्नो नाम सम्प्रेशन नगर्ने सर्तमा बताएका छन ।
सशस्त्र प्रहरी संगठनलाई केहि कर्मचारीहरु आर्थिक प्रलोभनमा पारेर बदनाम गराउदै आएको यस घटनाले पुष्टि समेत हुन आउछ । तसर्थ ः यस बिषयमा सशस्त्र प्रहरीको माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.