Ultimate magazine theme for WordPress.

बिकृति र बिसंगतिले भरियो बीरगंजका क्यासिनो निर्बाध नेपाली प्रबेश, किँग्स क्यासिनोको अनुमति रद्दको माग

112

बीरगंज २ बैशाख / बीरगंजमा खुलेका क्यसिनो बिकृति र बिसंगतिको बाहक बनेको भएपनि यसलाई कारवाहीको सिकञ्जा कस्न कसैले पनि सकेको छैन । माथिल्लो निकायको समेत पार्टनरसिपमा संचालित क्यासनोले कैयौंको बिल्लीबाठ बनाएको भएपनि यसलाई नियम कानूनमा बाँध्ने काम कुनै पनि निकायले नगर्नाले उनीहरु म्नमौजी रुपमा चल्ने गरेको कुरा स्पष्ट भएको छ । यहाँ रहेको लर्डस दियालो, भिषुवा, क्लार्क र सुरज होटलमा क्यासिनो संचालनमा आएका छन र ती क्यासिनोमा अधिकाँस रुपमा निर्बाध नेपाली प्रबेशलाई अनुमति भएपनि स्थानीय प्रहरी प्रशासनले हदै सम्मको निगरानी र दोषीलाई कारवाही नगर्नाले गलत गर्नेहरुको मनोबल बढेको समाचार प्राप्त हुन आएको छ ।

क्यासिनो कुलतमा लागेर सीमावर्ती क्षेत्रका थुप्रै युवा पुस्तालाई बेघरबार बनाएको भएपनि संचालकहरुमा कुनै सुधारको संकेत देखा पर्न सकेको छैन । बरु उल्टै नेपाली प्रबेश गराउने दलाल नियुक्त गरेर संचालकहरुले नेपाली समाजलाई बिकृत बनाएको बताइन्छ । यसकै कारण बीरगंज र आसपास क्षेत्रका युवाहरुमा लागेको क्यासिनो लतका कारण घर घरमा झगडा शुरु भएको छ भने ब्यापार ब्यबसाय गरेर बस्नेहरुले समेत सबै पैसा क्यासिनोमा लगेर हार्ने गरेकोले भयाबस अवस्थाको समेत सृजना हुन थालेको कुरालाई नकार्न सकिन्न । क्यासिनोमा फलास, मैरिज ,रोलेट, किटी ,बैक्रेट लगाएतका जुवा भईरहेको पुष्टी केही दिन अघि मात्र प्रसारण गरिएको भिडियोले समेत पुष्टी गरेको भएपनि नियमन निकाय कानमा तेल हालेर बस्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।                 

क्यासिनोको संचालन गर्द प्राप्त गरेको अनुमति पत्रमा कुनै पनि हालतमा नेपाली प्रबेशलाई ब्रजित गरिएको भएपनि यसलाई पूर्णतय अवज्ञा गरेर नेपाली समाजलाई बिकृत बनाएर पैसा आर्जन गर्ने माध्यम यसका संचालकहरुले बनाएमा छन । सीमावर्ती देशका ५ किलोमिटरको दूरी भन्दा टाढा रहेका शहरमा मात्र क्यासिनो संचालन गर्न पाउने कानूनी ब्यबस्था भएपनि यसलाई समेत अवज्ञा गरेर किँग्स क्यासिनो, सुरज होटलमा चलेको क्यासिनो र भिषुवा होटलामा चलेको क्यासिनोले अन्तराष्ट्रिय कानूनको समेत धज्जी उडाइरहेको समाचार प्राप्त हुन आएको छ । केही बर्ष पहिला ५ किलोमिटरको सिमालाई हटाएर ३ किलोमिटर गरियो फेरि त्यसलाई पनि हटाएर ५ किलोमिटर भन्दा टाढा रहेको शहरमा खुलेको होटलमा मात्र क्यासिनो संचालन गर्न पाउने ब्याबस्था गरिएको कुरा एकजना क्यासिनो संचालक बताउँछन । नेपाल उद्योग बाणिज्य महासंघका तत्कालिन अध्यक्ष भवानी राणाको नेपाल गञ्जमा रहेको होटलमा क्यासिनो संचालनको अनुमति दिन कानून नै मन्त्रीपरिषदले गरेको थियो । उनको होटल  नेपाल र भारतको सिमाबाट ३ किलोमिटरको दूरीमा मात्र रहेको हुनाले त्यहाँ क्यासिनो संचालन गर्न दिनको लागि कार्यबिधी परिवर्तन गरिएको थियाृृे । हाल त्यसलाई पनि परिवर्तन गरि ५ किलोमिटर नै कायम गरिएको समाचार प्राप्त हुन आएको छ ।                  उता किँग्स क्यासिनोमा थुप्रै मारवाडी युवा, सोनार, बिमाको माथिल्लो पोष्टमा कार्यरत कर्मचारीहरु, जितपुरका ब्यापारी समेत निकै पिडीत बनेका छन । उनीहरुले जिन्दगी भरि दुख गरेर कमाएको सबै सम्पति स्वाहा गर्दा समेत यसमा कुनै प्रकारको सुधार आउन नसक्दा यहाँ खुलेका क्यासिनो समाजीक बिकृतिको संबाहक बनेको कुरालाई नकार्न सकिन्न । क्यासिनोमा निर्बाध नेपाली प्रबेशको बिषयमा नेपाल सरकारका उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने भने यहाँको समाज र कानून बिपरितका सबै क्षेत्रमा आफु जानकार रहेको र उनीहरु कसैले पनि समय क्रमको बिकाससँगै उन्मुक्ती नपाउने बताउँछन । यस बारेमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालसँग टेलिफोन सम्पर्क राख्दा उनले ऐन कानूनमा सीमावर्ती देशका ५ किलोमिटरभन्दा बढीको दूरीमा रहेको होटलहरुमा मात्र क्यासिनो संचालनको ब्यबस्था भएको छ यी सबैको बारेमा आफुले पर्यटन मन्त्रालयसँग समन्वय गरिरहेका कुरा बताउनुभया्े । उहाँले केही दिन पहिला किँग्स क्यासिनो र भिषुवा होटलको क्यासिनोमा छापा मारेको र १० /१० हजार धरौटीमा हाजिर हुने गरि छाडेको भएपनि फेरि बिकृति बढेको हुनाले अव प्रभावकारी अनुगमन र अनुमति दिँदा भएका ब्यबस्थाको बारेमा अध्ययन भैरहेको प्रतिक्रिया दिनुभयो । कुनै पनि बाहानामा नेपाली प्रबेशलाई दण्डदिय ठहरिने समेत उहाँले बताउनुभयो ।                 

यस बारेमा संचालक कमल केसीसँग सम्पर्क गर्दा आफ्नो क्यासिनोमा नेपालीहरु प्रबेश गर्न नपाएर हल्ला मच्चाइएको प्रतिक्रिाय दिनुभयो । आफुले नयाँ बर्षमा पनि जिल्ला प्रशासन कार्यालय पर्सासँग अनुमति लिएर मात्र सांगितिक कार्यक्रम गरिएको समेत बताउनुभयो । उहाँ कानूनले बर्जित गरिएको गतिबिधि आफुलाई पनि स्वीकार्य नहुने समेत बताउनुभयो । उता अर्का संचालक सुरज मानन्धर संग यस बारेमा सम्पर्क गर्न खोज्दा भेट हुन सकेन ।  सभार / च्वाइस खबर

Leave A Reply

Your email address will not be published.