Ultimate magazine theme for WordPress.

बिरगंज महानगरपालिकाको अनुगमन टोलीले गर्यो दुई वटा निजि अस्पतालको अनुगमन

41

पर्सा, २७ चैत्र / बिरगंज महानगरपालिकाको अनुगमन टोलिले मंगलबार पनि बिरगंजको दुई वटा नीजि अस्पतालमा छड्के अनुगमन गरेको छ । बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित अनुगमन समितिले वीरगन्जको गण्डक स्थित रहेको नारायणी बयोधा मेडिसिटी अस्पताल र वीरगन्जकोे पानीटंकी रोड स्थित प्रभु हस्पिटलमा अनुगमन गरेको हो ।
बयोधा मेडिसिटी अस्पतालको ल्याब, आईसियु फार्मेसी र चमेनागृह (क्यान्टिन)मा अनुगमन गरिएको र त्यसक्रममा कुनैपनि त्रूटी फेला नपरेको अनुगमन समितिका सदस्य तथा बिरगंज महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताए । प्रभु हस्पिटलको पनि ल्याब, आईसियु, फार्मेसी र चमेनागृह (क्यान्टिन)मा अनुगमन गर्दा त्यहाँ पनि कुनै त्रुटी नभेटिएको जानकारी ठाकुरले दिए । दुवै अस्पतालमा सरसफाइको अवस्थापनि राम्रो अवस्थामा रहेको पाइएको जानकारी समेत दिए । अनुगमन टोलीमा महानगरका अधिकृत विपीन कुमारलाल दास, समितिका सदस्य कन्हैया ठाकुर, जिल्ला प्रहासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव, प्रहरी सहायक निरीक्षक बृजकिशोर यादव लगायतको पनि सहभागीता थियो ।
यसअघि सोमबार उक्त अनुगमन समितिले वीरगन्जकै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पनि अनुगमन गरेको थियो । सो को जानकारी उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिनु भयो ।

Leave A Reply

Your email address will not be published.