Ultimate magazine theme for WordPress.

राजपा पर्साको अध्यक्षमा राजेशमान सिंह

646

वीरगन्ज १ मंसिर / राष्ट्रिय जनता पार्टी पर्साको सम्पन्न जिल्ला सम्मेलनले पार्टीका महासचिव राजेशमान सिंहलाई जिल्ला अध्यक्ष पदको जिम्मेवारी दिएको छ । स्थानिय पार्टीका नेता कार्यकर्ताहरुको माँग अनुसार जिल्ला सम्मेलन मार्फत महासचिव सिंहलाई जिल्ला अध्यक्षको पदको जिम्मेवारी दिएको हो ।
वीरगन्जको होटल पुजनमा आईतबार सम्पन्न जिल्ला सम्मेलनको प्रमुख अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पर्वेक्षक जुनैल राईन्ले पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी सिंहलाई नै दिएको घोषणा गरेका हुन् । सिंह जिल्ला अध्यक्ष भएपछि स्वत महासचिवको पद रिक्त भएको छ ।

गत कात्तिक ८ गते बसेको पार्टीको केन्द्रिय अध्यक्ष मण्डलको बैठकले पार्टीको अधिवेशन नहुन्जेल सम्म पार्टीलाई क्रियाशील रूपमा संचालन गर्न निर्देशीका बनाई जिल्ला सम्मेलन मार्फत एउटै तदर्थ समिति बनाई अगाडी बढ्ने निति अनुसार अगाडी बढेको उपाध्यक्ष राईन्ले बताए ।
पार्टीकै निति अनुरुप कात्तिक ३० गते शनिबार वीरगन्जको होटल कुमु प्यालेसमा विस्तारित बैठकको आयोजना गरिएको थियो, उपाध्यक्ष राईनका अनुसार त्यही बैठकको निर्णयको आधारमा आज जिल्ला सम्मेलनको आयोजना गरी पार्टी तथा जनवर्गिय संगठनहरुको तदर्थ समितिहरु सर्वसहमतिबाट चयन गरिएको हो ।
नवगठित तदर्थ समिति ५१ सदस्यीय रहेको छ । जसको उपाध्यक्ष द्धयमा मदन प्रसाद यादव, जटाशंकर गुप्ता रहेका छन । त्यसैगरी सचिवमा उमेशलाल सहनी रहेका छन । पार्टीको क्षेत्रिय कार्य समिति प्रतिनिधि सभा क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्षमा अयुब मियाँ, क्षेत्र नम्बर २ का अध्यक्षमा बैजुलाल स्वर्णकार, पर्सागढी र पोखरीया नगर कार्यसमितिको अध्यक्ष पदमा नितेश मिश्रा र प्रयाग चौहानलाई जिम्मेवादी दिएको छ ।
त्यसैगरी राष्ट्रिय युवा संघ जिल्ला कार्य समितिको अध्यक्षमा शुशिल कुमार पटेल, युवा दस्ता जिल्ला समितिका अध्यक्ष शत्रुधन प्रसाद कुर्मी, राष्ट्रिय महिला संघ जिल्ला कार्य समिति अध्यक्षमा प्रतिमा सिंह, दलित संघको अध्यक्षमा रेखा देवी पासवान, विद्यार्थी संघको जिल्ला अध्यक्षमा मधुसुदन चौरसिया रहेका छन ।
सम्मेलनले मजदुर संघका अध्यक्षमा रेहान अंसारी, राष्ट्रिय शिक्षक संघको जिल्ला अध्यक्षमा उमेश ठाकुर, किसान संघको जिल्ला अध्यक्षमा अम्बीका राउत, निजामती कर्मचारी संघको जिल्ला अध्यक्षमा सन्तोष साह, राष्ट्रिय कानुन व्यवसायी संघको जिल्ला अध्यक्षमा मेराज मियाँ लगायत जनवर्गिय संगठनको तदर्थ समिति गठन गरिएको घोषणा गरेको हो ।
नवनियुक्त पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी राईन्ले अबिर टिका र माला लगाई भब्य स्वागत र सम्मान गरेका थिए । पूर्वअध्यक्ष प्रेमबाबु पटेलको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनमा पार्टीका केन्द्रिय सचिव राजेश राय यादव, केन्द्रिय सदस्यहरु शम्भु प्रसाद चौरसिया, महाविर शर्मा, परमानन्द चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ कार्यसमितिको कार्यकाल सफलताको कामना सहित उत्तरोउत्तर प्रगतिको कामना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.